Thursday, May 14

राजनीति

डोल्पाबाट निर्वाचित सांसद बुढाले भने- सरकारबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गर्छु
राजनीति, समाचार

डोल्पाबाट निर्वाचित सांसद बुढाले भने- सरकारबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गर्छु

नेपालअखबार, डाेल्पा। डोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित सांसद धन बहादुर बुढाले पाँच वर्षसम्म सरकारबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका छन्। डोल्पाका सबैभन्दा ठूलो आवश्यकता सडकको पहुँच भएकोभन्दै उनले आफ्नो रकमले त्यस कार्यका लागि केही नपुगे पनि अन्य विकास निर्माणमा लगाउने बताए। ‘मेरो यो सेवा सुविाधा पाउने रकम डोल्पाका शिक्षाको स्तर बृद्धि गर्न तथा गुम्बा, मन्दिर निमार्ण तथा विकासका लागि खर्च गर्नेछु’, उनले भने। लगातार वि सं २०७०, २०७४ र २०७९ मा सांसद भएका बुढाले अबको पाँच वर्षे कार्यकालमा आफू सांसद भएर पाउने सवै सेवा सुविधा डोल्पाका विभिन्न ठाउँमा आवश्यकता अनुसार खर्च गर्ने घोषणा गरे। पूर्व पर्यटन राज्य मन्त्रीसमेत भईसकेका सांसद बुढाले डोल्पालाई सडक सञ्जालको पहुँज पुर्‍याउन आफ्नो पहिलो ध्यान जाने बताए। यस्तै हवाई सेवालाई सहज र प्रभावकारी...
निवर्तमान ६० सांसद, जो पराजित भए (नामावलीसहित)
राजनीति, समाचार

निवर्तमान ६० सांसद, जो पराजित भए (नामावलीसहित)

नेपालअखबार, काठमाडाैं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहनुभएका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसदमा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई ...
बाजुरामा मतगणना अनिश्चित
राजनीति, समाचार

बाजुरामा मतगणना अनिश्चित

नेपालअखबार, बाजुरा। मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि म...
भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत
राजनीति, समाचार

भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् । पौडेल निकट एक नेताका अनुसार उनलाई सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने । पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिम...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्य के होला भन्ने कोणबाट हेरिएको छ ।...
खनालले धाँधली भएको भन्दै  पुन मतदानको माग
राजनीति, समाचार

खनालले धाँधली भएको भन्दै पुन मतदानको माग

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए । ‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’ पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । अहिले दुई बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् । ‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।‘त्रुटि रोकिएन । अब हाम्रा प्रति...
नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित
राजनीति, समाचार

नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित

नेपालअखबार, काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।...
अहिलेसम्म १४० स्थानको नतिजा आयो
राजनीति, समाचार

अहिलेसम्म १४० स्थानको नतिजा आयो

नेपालअखबार, काठमाडाैं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४६ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १५ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले ३-३ स्थानमा जित निकालेका छन्। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। हेर्नुहोस् कसले कहाँ जिते? नेपाली कांग्रेस (१) मुस्ताङ – योगेश शेरचन (२) मनाङ – टेकबहादुर गुरुङ (३) काठम...
हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही निर्वाचित
राजनीति, समाचार

हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही निर्वाचित

नेपालअखबार, मुगु। हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा तर्फको अन्तिम नतिजा आएको  छ। जस अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । शाहीको पक्षमा १४ हजार ७०२  मत आउँदा कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ ।  योसँगै कर्णालीमा प्रतिनिधि सभाको नतिजा आउने क्रम सकिएको छ । जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेको छ । यस्तै नेकपा एमाले भने प्रतिनिधि सभामा शून्य भएको छ ।...
दलका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
राजनीति, समाचार

दलका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ : प्रचण्ड

नेपालअखबार, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए । ‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’ कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफंैभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुल...