Wednesday, May 13

राजनीति

तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी
राजनीति, समाचार

तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी

नेपालअखबार, तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। पौडेल ५ हजार तीन सय ७५ मतान्तरले विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ। यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित भए। तनहुँ १ मा ६८१५८ मत खसेको थियो।पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।...
कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको जित
राजनीति, समाचार

कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको जित

नेपालअखबार, कञ्चनपुर ।  ३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रावलले एमाले–राप्रपाका धर्मराज जोशीलाई १८ सय ६० मतान्तरसहित पराजित गरेका हुन् समाजवादीका रावलले ८ हजार ७१८ मत ल्याउँदा राप्रपाका जोशीले ६ हजार ८५८ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका टेकेन्द्रप्रसाद भट्ट ६ हजार १९५ मत ल्याएर तेस्रो भए । स्थानीय निर्वाचनको मत परिणामलाई हेरेर कांग्रेसले माओवादीलाई बोकेपनि समाजवादीका रावल एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । ०७४ मा तत्कालीन एमालेबाट चुनाव जितेका रावलले यस पटक समाजवादीबाट पनि चुनाव बाजी मारे ।...
कास्की क्षेत्र नं २ बाट एमालेकी विद्या भट्टराई निर्वाचित
राजनीति, समाचार

कास्की क्षेत्र नं २ बाट एमालेकी विद्या भट्टराई निर्वाचित

नेपालअखबार, पाेखरा । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । उहाँले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याउनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई यसअघि विसं २०७६ को उपनिर्वाचनमा प्रतिनिधिसभामा विजयी हुुनुभएको थियो ।...
प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा विन्दुकुमार थापा विजयी
राजनीति, समाचार

प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा विन्दुकुमार थापा विजयी

नेपालअखबार, पाेखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काँग्रेसका थापाले नेकपा(एमाले)का मीना गुरुङलाई एक हजार ३०९ मतान्तरले पराजित गरी दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनुभएको हो । थापाले नौ हजार २८० मत प्राप्त गर्दा एमालेका गुरुङले सात हजार ९७१ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापा यसअघि विसं २०७४ को निर्वाचनमा प्रदेशसभा विजयी भएर हाल प्रदेश सरकारको कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री समेत हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार ९०१, स्वतन्त्र उम्मेदवार श्रमिक घर्तीक्षेत्रीले ४६५, नेपाल सुशासन पार्टीले ३६६,मङ्गोल नेशनल अर्गनाइजेशन पा...
१४ हजारको मतान्तरसहित गोरखा–२ बाट प्रचण्ड निर्वाचित
राजनीति, समाचार

१४ हजारको मतान्तरसहित गोरखा–२ बाट प्रचण्ड निर्वाचित

नेपालअखबार, गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । बिहीबार बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए भने एमालेका अव्दुस मियाँले ७ हजार ३९३ मत पाए ।...
डोटीमा प्रतिनिधि सभा सदस्यमा आले विजयी
राजनीति, समाचार

डोटीमा प्रतिनिधि सभा सदस्यमा आले विजयी

नेपालअखबार, डोटी ।  डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित हुनुभएको हो । उहाँले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्नु भएको हो । आलेले २७ हजार २१० मत प्राप्त गर्नु भएको छ भने गौरीले २३ हजार ४ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गर्नु भएको छ । यसैगरी, डोटी प्रदेश सभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो। मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८२९ मत प्राप्त गर्नु भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन...
बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित
राजनीति, समाचार

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

नेपालअखबार, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।...
तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका चुमान गण्डकी प्रदेशसभामा विजयी
राजनीति, समाचार

तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका चुमान गण्डकी प्रदेशसभामा विजयी

नेपालअखबार, तनहुँ। तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।...
बाग्लुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी 
राजनीति, समाचार

बाग्लुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी 

नेपालअखबार, बाग्लुङ । बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक  विजयी भएका हुन्।  उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १एक सय ८० मत प्राप्त गरेकी छिन्।...
धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे
राजनीति, समाचार

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।...