Saturday, July 11

राजनीति

गरिव परिवार परिचयपत्र वितरण कार्यको सुभारम्भ
राजनीति, समाचार

गरिव परिवार परिचयपत्र वितरण कार्यको सुभारम्भ

नेपालअखबार, महाेत्तरी।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरिवी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरु सरकारले योजना बनाएर गर्न शुरु गरिसकेको बताउनु भएको छ । महोत्तरीको बर्दीवास नगरपालिका वडा नं. १२ बाट गरिव परिवार परिचयपत्र वितरण कार्यको आज सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको आज शुरुवात गरेको बताउनुभयो । २३ जिल्लाका २१४ स्थानीय तहहरुबाट ११ लाख ८ हजार ८ सय ३६ घर परिवारको तथ्यङ्क संकलन भई २ लाख २३ हजार ३ सय ३० गरिव घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य सुभारम्भ गरिएको हो । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम...
आउँदो चुनावमा १५० सिट जित्छौं  : ओली
राजनीति, समाचार

आउँदो चुनावमा १५० सिट जित्छौं : ओली

नेपालअखबार, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् । एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’ सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू न...
म काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार हुने हो: गगन थापा
राजनीति, समाचार

म काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार हुने हो: गगन थापा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ मा हुने चुनावमा आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने बताएका छन्। कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका लागि आवेदन परेपछि उनले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने प्रष्टाएका हुन्। उनले कास्की क्षेत्र नम्बर १ का कांग्रेस नेता तथा कार्यकर्तालाई धन्यबाद पनि दिएका छन्। ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नु भएकोमा त्यो सद्भावका लागि धन्यवाद,’ आज अपरान्ह ट्वीट गर्दै थापाले भने, ‘मैले काठमाडौँ क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु। र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’ थापा २०७४ सालमा भएको चुनावमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए।...
कार्यकर्तालाई अध्यक्ष नेपालको  निर्देशन – आफ्नो निर्वाचन क्षेत्रमा लाग्नुस्
राजनीति, समाचार

कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन – आफ्नो निर्वाचन क्षेत्रमा लाग्नुस्

नेपालअखबार, काठमाडौं।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा  जान निर्देशन दिनुभएको छ । युवा संघ नेपालले आजबाट आयोजना गरेको महाकाली  मेची जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता तथा कार्यकर्ताहरूलाई आआफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो , ‘यो काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ आफ्नो जिल्ला जानुहोस् , आ आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’ प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिकमा भोट खसाल्नै पर्ने भन्दै उहाँले , ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो । त्...
मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्

नेपाल अखबार,  काठमाडाैं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए । बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका आयोजनाहरुका लागि राजपत्राङ्कित स्तरका ८ र सातौँ तहका गरी जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० का लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतका आयोजनाका लागि विभिन्न श्रेणीका राजपत्राङ्कित अधिकृत तहका ४३१ पदहरुको अस्थाय...
उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान
राजनीति, समाचार

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान

नेपालअखबार, काठमाडौं  ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो । आर्थिक बर्ष २०७९र२०८० बजेटको बुदा नम्बर ३६७ मा ९रास्ट्र सेवक कर्मचारीको न्युनतम तलब र सुबिधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुबिधा को अध्ययन गरि नेपाल सरकारलाइ सिफारिस गर्न एक उच्च स्तरिय तलब सुबिधा आयोग गठन गरिनेछ०उल्लेख भए अनुशार अर्थ मन्त्रि शर्माको प्रस्तावमा मन्त्रिपरिषदले यहि भदौ ६ गते आयोग गठन गरेको थियो। आयोग पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठन भएको हो । संयोजक पौड्यालसहित सदस्यहरू पूर्व सचिव विमल...
जनताले दुःख पाउनु भएन–सहरी मन्त्री चौधरी
राजनीति, समाचार

जनताले दुःख पाउनु भएन–सहरी मन्त्री चौधरी

नेपालअखबार,  काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सन्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सन्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’ आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।...
अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित
राजनीति, समाचार

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित हुन पुगेको हो । सोमबार सिंहदरबारमा तय भएको बैठकमा परराष्ट्रमन्त्री र सचिव नै अनुपस्थित रहेका थिए । मन्त्री बिरामी भएको र सचिव विदेश भ्रमणमा रहेको भनेर समितिलाई जानकारी गराइएको छ ।...
एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी
राजनीति, समाचार

एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी

नेपालअखबार, , दाङ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’ स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको बताउँदै सहरी मन्त्री चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वाेच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमज...
एमालेले बनायो ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी
राजनीति, समाचार

एमालेले बनायो ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले उपमहासचिव विष्णु रिमाल चयन भएको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्। आजको बैठकमा देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोट लिनुपर्ने धारणा ओलीले राखेका थिए।...