जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित एक हप्ते प्रशिक्षण समापन
नेपालअखबारकाठमाडौँ। नेकपा .( एकीकृत समाजवादी ) पार्टी स्कुल विभागले जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन गरेको छ ।
विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद र दलित मुक्ति सङ्गठनका पदाधिकारीहरू र र केन्द्रीय नेतृत्व गरी ६५ जनको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विषयमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सहजिकरण गर्नुभएको थियो । यस्तै नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गर्नुभएको थियो ।
दक्षिणपन्थी विसर्जनवाद विरुद्ध संघर्ष उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमालले सहजिकरण गर्नुभएको थियो । यस्तै मार्गदर्शक सिध्दान्त , संगठनात्मक सिध्दान्त , कार्यदिशा तथा कार्यभारका विषयमा पार्टीका महासचिव डा...










