Saturday, April 25

राजनीति

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्। गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। उनी पूर्वमाओवादी हुन् भने अहिले नेकपाका सचिवालय सदस्य छन्। महिलामा भगवती न्यौपाने पूर्वएमालेकी तर्फबाट उम्मेदवार भएकी छिन्।  प्रदेश १ मा रिक्त ३ सिटमध्ये पूर्वएमालेले २ सिट राखेको छ। महिलातर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल पूर्वएमालेका हुन्। दलिततर्फका गोपी अच्छामी पूर्वमाओवादीका हुन्।  त्यस्तै, प्रदेश २ बाट महिलातर्फकी उम्मेदवार तुलसा दाहाल पूर्वएमालेकी हुन् भने दलिततर्फका राधेश्याम पासवान पूर्वमाओवादी हुन्।  त्यस्तै, प्रदेश ३ बाट महिलातर्फकी उम्मेदवार गंगा बेलबासे पूर्वमाओवादीकी हुन्। उनी नारायणकाजी श्रेष्ठ निकट पूर्वशिक्ष...
फागुन १४ गते स्ववियु निर्वाचन हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

फागुन १४ गते स्ववियु निर्वाचन हुने

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए । २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् ।...
नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने उनको भनाइ छ। राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई÷दुई लिने गरी सहमति भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै ...
मन्त्रिपरिषद् बैठकले गरेका यस्ता छन् १७ निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषद् बैठकले गरेका यस्ता छन् १७ निर्णय

काठमाडौं– मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन्। १. २०७६ पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। २. बाग्मती नदी तटिय क्षेत्र सुधार आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ६३ मिलियन अमेरिकी डलर (करिव ७ अर्ब १२ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। ३. पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत एशियाली विकास बैंकबाट सहायताका रूपमा प्रस्ताविक १९५ मिलियन अमेरिकी डलर (करिब २१ अर्व ४५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ। ४. युरोपेली लगानी बैंक (ई...
राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते हुने

काठमाडौं– राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने भएको छ । विभिन्न दलका १८ जना सदस्यको पदावधि सकिने भएपछि सरकारले माघ ९ गते चुनाव गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने बताएका हुन् । उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ । को–कसको प...
जन्मदिनका अवसरमा प्रचण्डलाई बाबुरामको उपहार !
राजनीति, समाचार

जन्मदिनका अवसरमा प्रचण्डलाई बाबुरामको उपहार !

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयाेद्धा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन्। प्रचण्डको जन्मदिन मंसिर २५ गतेको राति भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिएका हुन्।...
पोलिटब्यूरो गठन र केन्द्रीय समिति डाक्ने तयारीमा प्रचण्ड
राजनीति, समाचार, हाइलाइट-समाचार

पोलिटब्यूरो गठन र केन्द्रीय समिति डाक्ने तयारीमा प्रचण्ड

मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सक्रियता देखाउन थालेका छन्। बुधबार पार्टी सचिवालयको बैठक राखेका उनले स्थायी र केन्द्रीय समिति बैठक पनि आयोजना गर्ने तयारी थालेका छन्। मंसिरभित्रै स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने गरी उनले तयारी तीव्र पारेका हुन्। बैठकको तयारीकै क्रममा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे र भीम रावलसँग एक्लाएक्लै छलफल गरेर राय लिइसकेका छन्। यस्तै गएको एक हप्ताको बीचमा केन्द्रीय सदस्यहरु झकबहादुर मल्ल, विष्णु रिजाल, रमेश मल्लसँग पनि प्रचण्डले छलफल गरिसकेका छन्। नेकपाका एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले मंसिर २७ वा २८ गते स्थायी र पुस ३ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको आफुनिकट नेताहरुलाई जनाउ दिएका छन्।...
बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित छ : मन्त्री पुन
अर्थ, राजनीति, समाचार, हाइलाइट-समाचार

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित छ : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्दा स्थानीय जनताको भावनाको कदर गरेको बताए। ‘स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि बूढीगण्डकी परियोजनाको मुआब्जा निर्धारण गरिएको हो, यो न्यायोचित नै छ’, मन्त्री पुनले भने, ‘ईआईए अनुसार अब हामी पुनस्र्थापना र पुनर्वासमा जनता सँगसँगै लाग्छौँ।’ मुआब्जा निर्धारणप्रति केही असन्तुष्टी आइरहेका बेला मन्त्री पुनले स्थानीय जनता र जनप्रतिनिधिहरूसँग समेत छलफल गरेपछि मात्रै मुआब्जा निर्धारण गरिएकाले यसमा सबैको सहयोग हुनुपर्ने बताए। ‘सरकारले जनभावना अनुरुप गरेको मुआब्जा निर्धारणअनुसार पुनर्वासमा लाग्न म सबै प्रभावित जनतालाई आग्रह गर्न चाहन्छु’, मन्त्री पुनले भने, ‘साथै विकासका मुद्दामा चलखेल होइन सहयोग गर्न राजनीतिक पार्टी र जनप्रतिनिधिहरूलाई पनि आग्रह गर्दछु।’...
'आन्दोलन गोरखाबाटै सुरू गरौं'
राजनीति, समाचार, हाइलाइट-समाचार

'आन्दोलन गोरखाबाटै सुरू गरौं'

गत मंसिर ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री रहेका  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतमा थिए। दीगो विकाससम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रीका हैसियतले भाग लिन नयाँ दिल्ली पुगेका यादव फर्किने बेला कानुन मन्त्री बनिसकेका थिए। यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइयो भने राज्यमन्त्री सुरेन्द्र यादव बर्खास्तीमा परे। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालय यथावत् रहे पनि प्रधानमन्त्री ओलीले नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाए। मंसिर ६ गते राति नेपाल फर्किएका यादवले ७ गतेको पार्टी बैठकअगाडि नै मन्त्री निवास छोड्ने तयारी गरिसकेका थिए। आफूलाई अपमान भएको भन्दै सरकारबाट बाहिरिने यादवको सोच थियो। साँझ ४ बजे बस्ने बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन्छ भन्ने यादवलाई लागेको थियो। त्यसैले उनले बैठकमा पार्टीको निर्णय मान्ने भनेर धारणा...
नेकपामा दुई धार
राजनीति, समाचार

नेकपामा दुई धार

उपनिर्वाचनको परिणामको विश्लेषणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई धार देखिएको छ। सरकारमा रहेका नेताहरुले समग्र निर्वाचन परिणाममा नेकपाले प्राप्त गरेको सफलतालाई जोड दिएका छन् भने सत्ताबाहिर रहेकाहरुले लामो समयदेखिको वामपन्थी किल्ला भत्केको भन्दै चिन्ता व्यक्त गरेका छन्। खासगरी धरान उपमहानगरपालिका र भक्तपुर क्षेत्र १ क मा पार्टी पराजित भएको विषयलाई नेताहरुले उठाएका छन्।...