अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद
नेपाल अखबार, एजेन्सि। आज १७ सेप्टेम्बर । सन् १९४८ मा हैदरावादमाथि भारतीय सेनाले कब्जा जमायो । यस्तो जबर्जस्ती किन भयो ? यसबारे बुझ्न हामी इतिहासतर्फ फर्कनुपर्छ ।
१५ अगस्ट, १९४७ अघि दुई तरिकाले भारत अस्तित्वमा थियो । पहिलो, बेलायती, फ्रान्स र पोर्चुगली साम्राज्य अधिनस्थ भारत, जहाँ विदेशीहरुको शासन थियो । दोस्रो, त्यस्तो भारत, जहाँ राजा–रजौटा र स्थानीयको शासन थियो । त्यस समय भारतमा ५ सय २२ वटा साना–ठूला राज्य थिए । हैदरावाद देशको ठूलो राज्यमध्ये एक थियो ।
यहाँ झन्डै दुई शताब्दीदेखि आसफ जाही वंशको शासन थियो । हैदरावाद राज्यमा मुख्यत तेलुगु, मराठी र कन्नड भाषा बोलिन्थ्यों । यस राज्यमा कुल जनसंख्याको ८४ प्रतिशत हिस्सा हिन्दुको थियो । ११ प्रतिशत मुसलमान र बाँकी जैन धर्मका अनुयायी थिए । यसरी, सामाजिक दृष्टीले हेर्दा हैदरावाद राज्य सांस्कृतिक र धार्मिक विविधतासहित एकतामा बाँधिएको थियो, शान्तिपूर्...
