Sunday, August 2

राजनीति

कम्युनिष्ट सरकार नाता र दातामा फस्यो
प्रदेश ४, राजनीति, समाचार

कम्युनिष्ट सरकार नाता र दातामा फस्यो

मोहसिन अलि मियाँगोरखा । कम्युनिष्ट सरकार नाता र दाताको भुमरीमा फसेको नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गोरखाले सोमबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सरकार नातावाद र दातावादमा फसेको बताए । ‘दुईतिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए’ पूर्व साँसद समेत रहेका खतिवडाले भने ‘तर अपेक्षा ठिक उल्टो भइदियो, अहिले सरकार नाता र दाता हेरे अघि बढेको छ ।’ सभामुखको चुन्नका लागि नेकपालाई धौ–धौ भएको बताउदै उनले संसदीय ब्यवस्था समेत असफल बनाउन सरकार स्वयम लागिपरेको बताए । ‘कसका मान्छेलाई सभामुख बनाउने भन्ने किचलोले ४ महिना बित्यो, आफ्नै आन्तरिक किचलोमा सरकार डुब्यो’ उनले भने ‘संसदीय ब्यवस्थाको अपमान सरकार आफैले गर्दैछ ।’ प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटारबाट शिंहदरबार जान नसक्ने अवस्था सृजना भएको बताउदै खति...
मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका श्रेष्ठले पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो’ उनले भने ‘त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने आवस्यक देखिन्छ ।’ सभामुखको निर्वाचन प्रकृया अघि बढाउनका लागि पनि शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिनुपर्ने उनको तर्क छ । ‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘स्वविवेक प्रयोग गरेर पहिला नै पद छोड्न...
उपसभामुखले राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार

उपसभामुखले राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।’ संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए । उनले भने, ‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ।’ फरक प्रसङ्गमा उनले, ‘नेपाल र भारतबीच अहिले पश्चिममा सीमा विवाद रहेको छ, त्यो लामो समयदेखिको विवाद नै हो । नेपालले आफ्नो ...
ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार
राजनीति, विचार

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

नेपाली काँग्रेसका नेता अब्दुल सत्तारले पछिल्लो समय पार्टीभित्र देखिएको गुट उपगुटले कसैलाई फाइदा नपु¥याउने बताएका छन् । शिर्ष नेताहरु नै गुट–उपगुटमा विभाजित हुनुले कार्यकर्ता र जनतामाझ सकरात्मक सन्देश प्रवाह नभएको टिप्पणी गर्दै नेता सत्तारले यसले पार्टीलाई कमजोर बनाउनेमा चिन्ता ब्यक्त गरे । पार्टीका सभापतिलाई कमजोर बनाएर काँग्रेस बलियो बन्न नसक्ने उनको भनाई छ । ‘अहिले कम्युनिष्ट बहुमतको सरकार छ, यो बेला त काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु जरुरी छ’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘पार्टीभित्रै आफु–आफुबिच लडेर, गुट बनाएर कसैलाई फाइदा गर्दैन, यसले पार्टीलाई कमजोर बनाउछ ।’ नेपाली काँग्रेसमा एकताको खाँचो रहेको औँल्याउदै सत्तारले पार्टीलाई बलियो बनाउने तर्फ नेताहरु गम्भिर हुनुपर्नेमा जोड दिए । ‘काँग्रेस गुटबन्दीले जकडिएको छ, गुटबन्दीले पार्टीलाई कमजोर बनाउछ, अवको गुटबन्दी...
नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?
प्रदेश ४, राजनीति, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?

०७४ प्रतिनिधीसभाको निर्वाचनमा पराजय भइसकेपछि पाँच वर्षे कार्यकालमा फेरि संसद नछिर्ने बताउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि अन्य सदस्य पदमा उमेदवारी दिए । उनको उमेदवारीलाई भावी अर्थमन्त्रीको रुपमा लिइएको चर्चा नेकपा वृत्तमा नै हुने गरेको छ । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले उमेदवारी दर्ता गरेपछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गए । त्यहाँ उनलाई पत्रकारले प्रश्‍न सोधे, "अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि तपाई अर्थमन्त्री बन्‍ने भनेर उमेदवारी दिनु भएको हो ?" घुमाउरो तरिकाले जवाफ दिँदै श्रेष्ठले भने, “आज मनोनयन मात्रै गरिएको हो, के बन्‍ने हो भनेर सोचेर अगाडि बढ्ने होइन्, पार्टीले दिएको भूमिका अनुसार उमेदवारी दिइयो, मतदाताले मत दिए राष्ट्रियसभा...
कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । जसअनुसार प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको छ । यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन् । कां...
काँग्रेसमा एकताको खाँचो ः नेता विश्वकर्मा
प्रदेश ४, राजनीति, समाचार

काँग्रेसमा एकताको खाँचो ः नेता विश्वकर्मा

गाेरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले काँग्रेस अब एक ढिक्का हुने बेला आएको बताएका छन् । नेपाली काँग्रेस सिरानचोक गाउँपालिका स्तरिय क्रियाशिल सदस्यहरु एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपाको ज्याजती अन्त्य गर्न काँग्रेस एक हुनुको बिकल्प नभएको बताए । गाउँपालिका सभापती कृष्ण पोखरेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री विश्वकर्मा, जिल्ला सभापती हरिबहादुर घले, नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार, महासमिति सदस्य मोहन पोखरेल, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, गोरखा नगर सभापती चन्दनबाबु खत्री, पालुङ्टार नगर सभापती दिपक कंडेल, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देबकोटा, शिक्षक संघ सिरानचोकका अध्यक्ष रामकाजी श्रेष्ठ, वडा नम्बर ६ का सभापती बलराम मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण दानी, महिला संघकी सदस्य सर्मिला...
अनेरास्ववियुको केन्द्रमा गोरखाबाट पाँच जना चयन
प्रदेश ४, राजनीति, समाचार

अनेरास्ववियुको केन्द्रमा गोरखाबाट पाँच जना चयन

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रमा गोरखाबाट पाँच जना चयन भएका छन् । जसमध्ये पूर्व माओवादीका ४ र पूर्व एमालेबाट १ जना परेका छन् । अनेरास्ववियुको केन्द्रिय सदस्यमा राजन आले मगर, रामकृष्ण भट्ट र प्रविन श्रेष्ठ चयन भएका हुन् । आले र भट्ट पूर्व माओवादी निकट र श्रेष्ठ पूर्व एमाले निकट हुन् । त्यस्तै अनेरास्ववियुको केन्द्रिय निर्वाचन आयोग सदस्यमा विकास भट्टराई र लेखा समिति सदस्यमा बाबुराम नेपाली चयन भएको नेकपाका जिल्ला कार्यालय सचिव अंकुर तिमल्सिनाले जानकारी दिए । उनिहरु दुवै पूर्व माओवादी निकट हुन् । त्यस्तै केन्द्रिय सदस्यमा टक्सार घर भएकी मुना काप्री समेत चयन भएकी छिन् । उनलाई प्रदेश नम्बर ३ बाट मनोनित गरिएको बताइएको छ ।...
नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्। गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। उनी पूर्वमाओवादी हुन् भने अहिले नेकपाका सचिवालय सदस्य छन्। महिलामा भगवती न्यौपाने पूर्वएमालेकी तर्फबाट उम्मेदवार भएकी छिन्।  प्रदेश १ मा रिक्त ३ सिटमध्ये पूर्वएमालेले २ सिट राखेको छ। महिलातर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल पूर्वएमालेका हुन्। दलिततर्फका गोपी अच्छामी पूर्वमाओवादीका हुन्।  त्यस्तै, प्रदेश २ बाट महिलातर्फकी उम्मेदवार तुलसा दाहाल पूर्वएमालेकी हुन् भने दलिततर्फका राधेश्याम पासवान पूर्वमाओवादी हुन्।  त्यस्तै, प्रदेश ३ बाट महिलातर्फकी उम्मेदवार गंगा बेलबासे पूर्वमाओवादीकी हुन्। उनी नारायणकाजी श्रेष्ठ निकट पूर्वशिक्ष...
फागुन १४ गते स्ववियु निर्वाचन हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

फागुन १४ गते स्ववियु निर्वाचन हुने

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए । २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् ।...