Wednesday, July 29

विचार

सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् । सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले यस्तो आग्रह गरेको बैठकपछि जानकारी दिए । ‘यो बेलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी गराएका छौँ । अरू दलका नेताहरूले पनि सोही कुरा राख्नुभएको छ’, सभापति थापाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो यो कसैले वरदान दिएको होइन ।’ उनले वर्षौँदेखि नेपालका नागरिकहरूले समुदायको साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएकाले धार्मिक सहिष्णुतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘यसका निम्ति, आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गर्नुपर्छ भनेर आहा्वान गरिरहेका छौ’, थापाल...
यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् । ‘सबै एकसेएक समर्पित योद्धाहरू त्यतिबेला सक्रिय रहेकाले नै कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भयो । आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौं जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ,’ उनले भने, ‘तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटक्याएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नया...
हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् : संयोजक प्रचण्ड
राजनीति, विचार, समाचार

हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् : संयोजक प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् । ‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले भने, ‘नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’ वैरीहरू लागेको कुरा अलिअलि थाहा पाइएपनि यही स्तरमा एकैदिनमा नेपाललाई विध्वंश पार्नेगरी लागेको नलागेको उनले बताए । ‘यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,’ प्रचण्डले भने । नेपालका कम्युनिस्ट शक्ति शान्ति सम्झौतापछि काठमाडौंमा सत्ता र सर...
भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
राजनीति, विचार, समाचार

भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसलाई आपराधिक घटना भएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेपालले उक्त घटनामा संलग्नमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले गत भदौ २४ गते इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारीलगायतका शालिक तोडफोड गरिएकोप्रति आपत्ति जनाए । ‘भदौ २४ गते भएका घटनाका दोषीलाई सरकारले कारबाही गरेर देखाओस् । पार्टीले तमासा गर्ने बेला होइन । त्यसमा सरकारको नेतृत्व गरेको पार्टी गम्भीर बनोस्,’ नेपालले भने, ‘राष्ट्रका सम्पत्ति सिंहदरबारदेखि सबै जलाउने काम गरेको छ । यो एकदमै आपराधिक घटना हो । ...
सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री  नेपाल
राजनीति, विचार, समाचार

सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह-संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग तमासा नगर्न आग्रह गरेका छन् । समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस्,’ नेपालले भने, ‘जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’ उनलाई नयाँ भनिएको सरकारलाई सिक्न अझैँ कतिदिन लाग्छ ? भन्दै प्रश्न गरे । ‘बिहानले दिउँसोको जानकारी दिन्छ । सुरुमै गरेको कामले के गर्न खोजिरहेको छ भन्ने देखिन्छ,’ उनले भने । आफूलाई सरकार ढाल्नसँग सरोकार नभएको र त्यो शक्ति पनि नभएको बताउँदै उनले सरकार सच्चिएर काम गरिदिए पुग्ने बताए । उनले अगाडि भने, ‘हामीलाई अहिले सरकार ढाल्नु–साल्नु पनि छैन, त्यसमा ल...
प्रचण्ड : मधेश आन्दोलनका लागि एउटा बलियो पार्टी निर्माण गरौं
राजनीति, विचार, समाचार

प्रचण्ड : मधेश आन्दोलनका लागि एउटा बलियो पार्टी निर्माण गरौं

नेपालअखबार,जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उनले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले यहाँको राजनीतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले मधेशमा पार्टीलाई बलियो बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि सशक्त राजनीतिक शक्ति निर्माण गर्न सकिने उल्लेख गरे । तर, त्यसो गर्न नसकिए देश र कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । ‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आउने दि...
ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं
राजनीति, विचार, समाचार

ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सडक र संसद् दुबैबाट संघर्षको मोर्चामा रहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर जाने बताएका हुन् । ‘हामी दुई मोर्चाको संघर्षमा छौं । एउटा सडक संघर्षको मोर्चा र अर्को संसद् संघर्षको मोर्चा,’ ओलीले भने । अहिले सडक संघर्षको मोर्चामा पनि अलिकति धक्का खाएको उनले बताए । ‘अलिकति खस्किएको अवस्था छ । धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन । धक्का खाएपछि अलिकति पीर त पर्ने भयो नै,’ उनले भने । तर, सडक आन्दोलनलाई पनि उठाउनुपर्ने र त्यसमा पार्टीले काम गरिराखेको उनले बताए । उनले भने, ‘सडक संघर्ष र संसद् संघर्ष एकअर्काका परिपूरक हुन् ।’ अहिलेको राजनीति परिभाषाविहीन, नीतिविहीन, दिशाविहीन, थितिविहीन रहेको बताउँदै उनले त्यसलाई एमालेले संघर्ष गरेर...
प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा
राजनीति, विचार, समाचार

प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा

नेपालअखबार,ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गरेका हुन्। ‘सत्ताका लागि विगतका गल्ती दोहोर्‍याउँदैनौं’ नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनक...
पौडेल रिहापछि रास्वपा सांसदले भने : न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो
राजनीति, विचार, समाचार

पौडेल रिहापछि रास्वपा सांसदले भने : न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको बताएका छन् । विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ,’ सांसद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस कर्मलाई जति ढिला गर्‍यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ ।’ विगतका केही श्रृंखलाबद्ध घटनाक्रमहरूले न्यायालय पुनर्संरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नरहेको र आम नागरिकले न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था नरहने उनको दाबी छ । ‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नु पर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ,’ सांसद न्यौपानेले लेखेका छन्,...
राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह
राजनीति, विचार, समाचार

राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह

नेपालअखबार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ । ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् । साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे । ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्...