Friday, June 19

विचार

खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने
राजनीति, विचार, समाचार

खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् । शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हिजोमात्रै पार्टी अध्यक्ष माधव कुमार नेपालले एउटा अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर पार्टीबाट बिदा हुन सुझाव दिएका थिए । तर, नेता खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए । ‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ उनले अध्यक्ष नेपालसँग ०३२ सालदेखिको सहकार्य भएको भन्दै उनले माधव नेपालबाट सन्तुष्ट हुन नसकिएको पनि बताए । ‘त्यो योद्धाको रुपमा, उहाँ मेरो नेता, उहाँले निर्देशन दिएर मैले काम गर्नुपर्ने भन्ने मैले कहिल्यै सोचिनँ । यहाँसम्म आइपुग्दा अध्ययन,...
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : सभापति देउवा
राजनीति, विचार, समाचार

जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : सभापति देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्याकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे ।लय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताए । सभापति देउवाले जातिय संकीर्णताले समाज र...
आलोकनगरमा समाजवादी मोर्चाको बैठक
राजनीति, विचार, समाचार

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरबाट सुरु भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् । उनले मोर्चा नै विघटन गर्ने प्रस्ताव गरिसकेका छन् । यसबाट झस्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि यस विषयमा पटकपटक छलफल भइरहेको छ ।विप्लव मोर्चाका संयोजक हुन् ।...
जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः प्रचण्ड
राजनीति, विचार, समाचार

जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरूलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जुनसुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ।’ उनले लामो त्याग, सङ्घर्ष तथा सहिदहरूको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे। अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए। देश छाड्नुपर्छ, देशमा...
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश हुनु पर्दैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश हुनु पर्दैन : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने उनको विश्वास छ । अध्यक्ष नेपालले आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न पनि सुझाए । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उनले बताए ।...
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे
राजनीति, विचार, समाचार

पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस मनाइँदै छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए। त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुर...
मधेस मरुभूमिमा परिणत हुन्छ,राज्यको नीति परिवर्तन नभए  : सांसद मोहम्मद खालिद
राजनीति, विचार, समाचार

मधेस मरुभूमिमा परिणत हुन्छ,राज्यको नीति परिवर्तन नभए : सांसद मोहम्मद खालिद

नेपालअखबार,काठमाडौँ । जसपा नेपालका राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।मङ्गलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद खालिदले अहिलेकै राज्यको नीति रहिरहने हो भने आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका हुन् ।  उनले चुरेदोहन, जथाभावी गिट्टी उत्खनन्, वन विनाश, सिँचाइ र पानी रिचार्जिङको कुनै व्यवस्था नहुनु तथा वातावरण अनुकूल पार्ने प्रयास नगर्नुले मधेस सुक्खा हुँदै गएको बताए ।  ‘यदि राज्यको नीति यही रहिरहने हो भने मधेस मरुभूमिमा परिणत हुन्छ’, उनले भने, ‘अन्न भण्डार भनिने मधेस प्रदेश मात्रै होइन पुरै तराई क्षेत्र मरुभूमिमा परिणत हुनेछ ।’ उनले आज मधेसको तापक्रम बस्न नसक्ने भएको, विद्युत् अवरुद्ध भएको,किसानको भविष्य अन्धकार भएको भन्दै यी समस्याका कारण चिन्ताजनक रहेको बताए ।  उनले समस्या समाधानका लागि सरकारलाई ...
विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल
राजनीति, विचार, समाचार

विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने र वामपन्थीहरूबीच एकता गर्ने कुरा गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्। ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ। यदी विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने। सम्मानित नेता खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले नै भएको तर उसले सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामप...
इजरायलद्वारा गजा क्षेत्रमा गरेको ‘नरसंहार’ कुनै हालतमा  स्वीकार गर्न सकिँदैन, यो युद्ध अपराध हाे :  माननीय खालिद
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

इजरायलद्वारा गजा क्षेत्रमा गरेको ‘नरसंहार’ कुनै हालतमा स्वीकार गर्न सकिँदैन, यो युद्ध अपराध हाे :  माननीय खालिद

नेपालअखबार,काठमाडौं ।माननीय मोहम्मद खालिदले  इजरायलद्वारा गजा क्षेत्रमा गरेको‘नरसंहार’ कुनै हालतमा स्वीकार  गर्न सकिँदैन, यो युद्ध अपराध हाे । प्यालेस्टाइन माथिको आक्रमण  र जनसंहारकाे  विरोध विश्वभर हुन  पर्ने आजकाे आवश्यकता रहेकाे बताउनु भयाे । यो विरोध कार्यक्रम विरोधका लागि मात्र होइन यसले सम्पूर्ण मानव जगतको रक्षाको लागि आवाज उठाएको छ। प्यालेस्टाइन ‘नरसंहार’ भइरहेको छ। त्यहाँ युद्ध अपराध भएको छ। के बालबालिका ,के महिला के, वृद्धा हस्पिटल विद्यालय आवास केही पनि बाँकी नरहेको अवस्था छ। विश्वमा रहेर मानववादी वकालत गर्ने राष्ट्रहरूआज किन मौन छन् ?  आजको एक्काइसौँ शताब्दी सभ्यताको युग भने तापनि म यो भन्छु । यो त ढुंगाका मन भएका व्यक्तिहरूको युग हो। जसको लाठी उसैको भै‌स भने जस्तै शक्ति हुनेले शक्तिका आडमा जे गरे पनि छुट हुने तर  निमुखा शक्तिहीन व्यक्तिताका साथ मरि रहनु पर्ने  माननीय  ...
पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिशोध साधनका लागि पतञ्जलिका नाममा जालसाजी गरि अख्तियारकाे फन्दामा अल्झाइयो
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिशोध साधनका लागि पतञ्जलिका नाममा जालसाजी गरि अख्तियारकाे फन्दामा अल्झाइयो

नेपालअखबार,काठमाडौं । वर्तमान समयमा नेपालको राजनीतिक पूर्वाग्रह र बदनियतका आधारमा बदनियतका ग्रसित देखिन्छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध मुद्दा चलाएको देख्दा सरकारको वदनियति स्पष्ट देखिएको छ । पूर्वप्रधानमन्त्री नेपाल स्वच्छ छविका इमानदार, सरल जिवनयापन गर्ने नेताका रुपमा नेपाल र विश्व समुदाय माझ परिचित छन् । मन्त्रिपरिषद्‌को निर्णयलाई जसरी अख्तियार मुद्धा चलाएको छ । यसैगरि हरेक सरकारले गरेको मन्त्रिपरिषद्‌का निर्णयलाई छानविन गर्दै त्यससम्बन्धी उजुरीमाथि छानबिन कहिले भन्ने प्रश्न हरेक नेपाली जनताले गर्दै आएका छन् । पतञ्जलिको नाममा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष नेपाललाई जालसादीमा अल्झाउने काम मात्रै भयो । सत्ता र शक्तिको दुरुप्रयोग गर्ने जोकोहिलाई म यहि भन्न चाहान्छु तपाई आफै सत्ता चुत्त भएको दिन के गर्नु हुन्छ । इमान्दार नेतालाई जालझेल बुभे ...