औद्योगिक विकास र भ्रष्टचारको अन्त्य आजको आवश्यकता हो: झलनाथ खनाल
नेपालअखबार, जनकपुर। नेकपा(एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले औद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न नसकिने बताउनु भएको छ।
बुधबार जनकपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘यस अभियानका क्रममा समाजवाद किन आवश्यक छ ? देशमा विकृति र विसंगती किन मौलाइ रहेको छ? यसको भण्डाफोर गर्दै आइरहेका छौं। साथसाथै यतिखेर हामीले गर्नुपर्ने कार्यहरू के के हुन्? त्यसको बारेमा पनि जानकारी गराउँदै आइरहेका छौं।’
पार्टीका सम्मानित नेता खनालले भन्नुभयो, ‘५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गर्यौं। ति ५८ वर्षका अनुभवहरू हामीसँग छन्। हाम्रो खल्ति र दिमागमा छन्। ति अनुभव र अभ्यासलाई आत्मसात गरेर हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै हामीेले भन्ने गरेको समाजवाद स्थापना सम्भव छ। २०६३ को आन्दोलन सम्पन्न भएसँग...









