मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : पाण्डे
नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पाण्डेले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एकपटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरे । उनले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट...










