जाँचबुझ आयोगमा ओली बयान दिन जानुपर्छ : ईश्वर पोखरेल
नेपालअखबार,काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ । २४ भदौको बिहान कार्की प्रहरीको उपत्यका प्रमुखमा सरुवा भएका थिए ।
'सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। म भए अगाडि नै गएर बयान दिन्थेँ। निष्पक्षतामा प्रश्न छ। अध्यक्ष जानुप...










