Sunday, October 11

विदेश

साउदीका दुई विमानस्थलमा हुथीको आक्रमण, तीन जनाको मृत्यु
विदेश, समाचार, समाज

साउदीका दुई विमानस्थलमा हुथीको आक्रमण, तीन जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । साउदी अरबका दुई विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। आक्रमणमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। अब्हा विमानस्थलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्। यीमध्ये कुन आक्रमण मंगलबार र कुन बुधबार भएको हो भन्ने प्राधिकरणले खुलाएको छैन। बुधबार हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी आफूहरूले धेरै ड्रोन प्रहार गरेको बताएका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीले प्रहार गरेको ब्यालेस्टिक मिसाइल रियादको उत्तरमा रोकेको दाबी गरेको छ। आक्रमणपछि साउदी नेतृत्वको गठबन्धनले ...
न्युयोर्कमा नेतान्याहु–विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ
विदेश, समाचार, समाज

न्युयोर्कमा नेतान्याहु–विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ

नेपालअखबार,काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् । एएफपीको फुटेजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ । ‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ ले जनाएको छ । पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन । नेतान्याहुले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित सडकमा प्रदर्शन गरेका थिए । महासभामा नेतान्याहुले...
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
राजनीति, विदेश, समाचार

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

नेपालअखबार,  काठमाडौँ ।  दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् । हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ) को आरोप लागेका एक संदिग्धलाई पक्राउ गर्न सरकारी सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यस क्रममा ती संदिग्ध र उनका सहयोगीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको अधिकारीे बताएका छन् । झडपमा छ जना सशस्त्र व्यक्ति मारिएको र घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको सरकारी अधिकारीले जनाएका छन् । घटनापछि सुरक्षा जोखिमका कारण करिब ३५० स्थानीय बासिन्दा अस्थायी रूपमा आफ्नो बस्तीबाट विस्थापित भएका छन् ।...
हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली
राजनीति, विदेश, समाचार

हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् । ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिक्रियावादीहरूसँग एमाले पञ्जा लडाउन तयार रहेको पनि बताए । ‘हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं,’ उनले भने, ‘फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्ने छौं ।’ प्रतिगमनले एकछिन जिने पनि सत्यले सधैंका लागि जित्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिले पार्टीविरूद्ध हमला भइरहेको पनि बताए ।...
बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि युक्रेनी रेलमा रुसी आक्रमण
विदेश, समाचार, समाज

बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि युक्रेनी रेलमा रुसी आक्रमण

नेपालअखबार,काठमाडौं । युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन। बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो । युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमण याहोदिनमा भएको हो, जुन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्र टाढा अवस्थित छ। बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौँ राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग भएर गएका थिए। जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि सहभागी थिए। सबै अधिकारीहरू किभमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किरहेका थिए। रुसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रु...
नेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ
विदेश, समाचार, समाज

नेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ

नेपालअखबार, फुकुओका । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार सञ्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन् । असुमिता सागा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रविन पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । प्रहरीको अनुसन्धानअनुसार अगस्ट १८ राति ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित घरमा लक्ष्मीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा भाँडाले प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको प्रहरीको आशंका छ । नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुस...
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नेपालअखबार,मलेसिया । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो–१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मले...
इजिप्टमा टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड
प्रशासन, विदेश, समाचार

इजिप्टमा टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड

नेपालअखबार,कायरो । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए । उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो । उनीहरूको साथबाट अवैध हतियारसमेत बरामद भएको बताइएको छ । मृत्युदण्डको सजाय सुनाइएकामध्ये ३९ वर्षीय सारा खलिफा पनि छन्, जो एक टेलिभिजन प्रस्तोता हुन् । उनले सञ्चालन गर्ने कार्यक्रम ‘मिसन इम्पोसिबल’मा अपराधसँग जोडिएका घटना देखाइन्थ्यो । साराले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी थिइन् । स्थानीय अदालतले अघिल्लो महिना नै फैसला सुनाएको थियो । यद्यपि उक्त फैसलालाई एक महिनापछि बल्ल सुनिश्चित गरिएको हो । फैसला सुनिश्चित गर्नुअघि अदाल...
चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्
विदेश, समाचार, समाज

चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

नेपालअखबार, काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा बुधबारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिए। प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ। चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको बताइएको छ। उनले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारे। चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर...
रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु
विदेश, समाचार, समाज

रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो दुई चरणमा गरिएको बताएका छन् । उनले हमलालाई अत्यन्तै निन्दनीय घृणायुक्त भनेका छन् । जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका उद्दारकर्मीलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् ।...