Saturday, July 4

विदेश

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ । विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएकाे छैन ।...
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
विदेश, समाचार, समाज

पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

नेपालअखबार,भ्याटिकन सिटी । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । आइतबार भ्याटिकनले एक विज्ञप्तिमा पोपले अझै पनि अक्सिजन थेरापी लिइरहेको बताएको हो । विज्ञप्ति अनुसार रगत परीक्षणबाट उनलाई मुटुको समस्या भएको पत्ता लागेको छ । यसबाहेक उनमा मिर्गौला सम्बन्धी समस्याहरू पनि देखिएको छ । आइतबार भ्याटिकनले पोपको रगतमा प्लेटलेट्सको संख्या अति नै न्यून स्तरमा झरेको बताएको थियो । विज्ञप्तिमा क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह पनि गरिएको थियो । केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई पहिले ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनलाई निमोनिया भएको पाइयो । अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् ।...
डेंगी बढेपछि फिलिपिन्समा लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार
विदेश, समाचार, समाज

डेंगी बढेपछि फिलिपिन्समा लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार

नेपालअखबार,काठमाडौँ ।फिलिपिन्समा मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ। राजधानी मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो। बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए। उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए भनेर बेलायतबाट प्रकाशन हुने अखबार द गार्डियनले समाचार लेखेको छ। मारिएको लामखुट्टेबापत नगद पुरस्कार दिने कार्यक्रम गाउँकै अधिकारीहरूले चलाएका हुन्। फिलिपिन्समा डेंगी अत्यधिक फैलिएपछि नियन्त्रणका लागि आयोजकले यस्तो कार्यक्रम चलाएका हुन्। गाउँका अध्यक्ष कार्लिटो सेर्नलले  नगद उपहारको कार्यक्रमपछि मानिसहरू लामखुट्टे मार्ने अभियानमा अझै सक्रिए भएर लागेको भनेर गार्डियनले लेखेको छ। एक जनाले त ४५ वटा...
पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि
विदेश, समाचार, समाज

पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि

नेपालअखबार, पानामा सिटी । अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेको छ । फर्कने व्यवस्था नभएसम्म उनीहरू सबै यही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् ।  होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ । केही आप्रवासीहरू सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटलको झ्यालहरूमा उभिएको पनि देखिन्थे । यसमा ‘मलाई मद्दत गर्नुहोस् र हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भनेर लेखिएको थियो । जानकारी अनुसार, सबै आप्रवासीहरू १० एसियाली देशका छन् । यिनीहरू मूलतः नेप...
भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति
विदेश, समाचार, समाज

भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति

नेपालअखबार,नयाँ दिल्ली । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले क्षतिपूर्ति घोषणा गरेको हो । रेलवेका अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे २ लाख दिइनेछ । शनिबार राति भएको घटनामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको आइतबार बिहान दिल्ली प्रहरीले बताएको हो । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको बताइएको छ ।अस्पतालमा ल्याइएको १५ शवको पोस्टमार्टम सोमबार गरिने अर्का डाक्टरले बताए ।...
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
विदेश, समाचार, समाज

महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते

नेपालअखबार,प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा परेको छ। बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु भएको हो। यो भयानक दुर्घटनामा १९ जना भक्तजन घाइते भएका छन् । दुर्घटना शनिबार बिहान  राति करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए। यसै क्रममा दुर्घटना भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ। घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएको थियो। मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोमा यात्रा गरिरहेका थि...
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान
धर्म/संस्कृति, विदेश, समाचार, समाज

महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान

नेपालअखबार, उत्तर प्रदेश । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो ।उत्तर प्रदेश सरकारले आइतबार मात्र महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुब्की लिएका छन् ।महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठुलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौँ भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।...
विमान दुर्घटनामा बाइडेनको समयमा भर्ती भएकाहरू दोषी भएको ट्रम्पको आरोप
विदेश, समाचार

विमान दुर्घटनामा बाइडेनको समयमा भर्ती भएकाहरू दोषी भएको ट्रम्पको आरोप

नेपालअखबार,वासिङटन डीसी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार ६७ जनाको ज्यान जाने गरी भएको विमान र हेलिकप्टर दुघर्टनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयान विवादास्पद बनेको छ । यो दुर्घटनाको लागि जो बाइडेन र बाराक ओबामाको नीति जिम्मेवार रहेको ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए । दुर्घटना बाइडेन र ओबामाको सङ्घीय विविधता नीतिका कारण भएको उनको भनाइ थियो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हेलिकप्टर पाइलटको आलोचना गरेका थिए । यसको लागि उनले हवाई ट्राफिक नियन्त्रकहरूलाई दोष दिए । उनले भने कि दुर्घटना कसरी भयो भन्ने हामीलाई थाहा छैन तर आफूहरूसँग यसबारे धेरै बलियो विचारहरू भनेर उनले भनेका थिए । सङ्घीय उड्डयन प्रशासन एफएएमा विविध भर्तीका कारण सुरक्षा मापदण्डहरू कमजोर भएको उनले भनेका छन् । यो कार्यक्रममा एयर ट्राफिक कन्ट्रोलरमा मानसिक रूपमा समस्याग्रस्त र असक्षम ...
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
राजनीति, विदेश, समाचार

ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव

नेपालअखबार ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो । राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् । मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ । यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब प...
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
विदेश, समाचार, समाज

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो । आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको...