सिंगापुरमा बढ्दैछ नक्कली बिहे किन ?
नेपालअखबार,सिंगापुर । सिंगापुरमा नक्कली विवाहका मामिलाहरू लगातार बढिरहेका छन् । सिंगापुरका पुरुषहरूले पैसा कमाउन विदेशी महिलासँग नक्कली विवाह गरेका घटना बाहिरिरहेका छन् ।
लामो समयसम्म सिंगापुरमा बस्न र काम गर्न विदेशी महिलाहरूले त्यहाँका स्थानीय पुरुषसँग झुठो विवाह गरेको घटना बढ्न थालेपछि सिंगापुरका अधिकारीहरू चिन्तित भएका छन् । पछिल्लो समय नक्कली विवाह गर्ने सिन्डिकेट खुलेपछि अधिकारीहरु सचेत भएका छन् । यस्ता विवाहले सामाजिक समस्या बढाउने भन्दै सिंगापुर इमिग्रेसन एण्ड चेकपोइन्ट अथोरिटी (आईसीए)ले यस्ता मामिलाप्रति सतर्कता बढाएको छ ।
स्टेट टाइम्समा छापिएको एउटा खबरका अनुसार झुठा बिहेका मामिलामा अधिकारीहरूले लगातार छापा मारिरहेका छन् । सन् २०२४ मा जनवरीदेखि सेप्टेम्बरसम्म नक्कली विवाहका घटना बढेर ३२ पुगेको आईसीएले बताएको छ । २०२३ को जुनमा यस्ता मामिला चार मात्रै थिए ।
विदेशी महिलाहरू...










