Friday, September 4

विदेश

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै
विदेश, समाचार, समाज

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै

नेपालअखबार, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले आज कतारको राजधानी दोहाबाट प्रकाशित अरबी दैनिक अल शार्क अल अरब अङ्ग्रेजी राष्ट्रिय दैनिक दि पेनिन्शुला लगायत अन्य ४ वटा छापा प्रकाशनका डिपुटी सिइयो तथा अल शार्क पब्लिकेसन्सका प्रमुख एवं अल शर्कका प्रधान सम्पादक जाबर सालिम अल हरमीसँग अल शार्कको मुख्यालयमा भेटघाट गर्नुभएको छ । पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक सालिम अल हरमीबीच कतारमा भएको भेटघाटमा नेपालका संचारमाध्यमको बर्तमान अवस्था र प्रेस स्वतन्त्रतासंगै कतार र नेपालबीच संचार क्षेत्रमा हुनसक्ने विभिन्न बिषय र अवसर बारे छलफल भएको हो । प्रधान सम्पादक सालिम अल हरमीले कतारको तर्फबाट नेपाली संचार क्षेत्रमा थप बिकासका लागि कतार सदैव तयार रहेको बताउनुभयो । उहाँले नेपालमा संचारमाध्यमको बिकासमा भुमिका निर्वाह गर्न कतार तत्पर रहेकोले नेपाल...
करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा
खेलकुद, विदेश, समाचार

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

नेपालअखबार, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् । रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् । ‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’ अल-इत्तिहाडको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक ...
बिहारमा गङ्गा नदीमा निमार्णाधीन चार लेनकाे पुल भाँच्चियो
दुर्घटना, विदेश, समाचार

बिहारमा गङ्गा नदीमा निमार्णाधीन चार लेनकाे पुल भाँच्चियो

नेपालअखबार, पटना । भारतको बिहारको भागलपुरमा गङ्गा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ । सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितीश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गङ्गा नदीमा खसेको देखिन्छ । यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।  गत ३० अप्रिल २०२२ मा यस पुलको पिलर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो । त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो । प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बीच निर्माण भइरहेको यो पुल चार लेनको थियो । निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ । हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन । पुलको केही भा...
भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो
दुर्घटना, विदेश, समाचार

भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

नेपालअखबार, काठमाडौँ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् । ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्र...
दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलो अलर्ट’ जारी
विदेश, समाचार

दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलो अलर्ट’ जारी

नेपालअखबार, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलवार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधी आउने तथा वर्षा हुने अनुमान गरिएको छ । मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ । कार्यालयले बुधबार अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ । आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ । राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ। महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ । दिल्लीको प्राथमिक मौसम केन्द्...
अवतरणका क्रममा विमानको ढोका खुलेपछि…
विदेश, समाचार

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

नेपालअखबार, सोल । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ । संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानबिन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।- (रासस/सिन्ह्वा)...
जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि
विदेश, समाचार

जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि

नेपालअखबार, काठमाडौं । भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ । सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् । आफूले धेरैजसो समय रेलमा यात्रा गर्ने गरेको र त्यस क्रममा शौचालयमा बिंडी पिउने गरेको भन्दै प्लेनमा समेत त्यस्तै सम्झिएर बिंडी पिएको उनको भनाइ छ ।...
महाराष्ट्रमा ‘केरला स्टोरी’लाई लिएर झडप हुँदा एक जनाको मृत्यु, आठ घाइते
राजनीति, विदेश, समाचार

महाराष्ट्रमा ‘केरला स्टोरी’लाई लिएर झडप हुँदा एक जनाको मृत्यु, आठ घाइते

नेपालअखबार, काठमाडौं । भारतको महाराष्ट्र राज्यमा मंगलबार भएको साम्प्रदायिक झडपमा परी एक जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । त्यसक्रममा १०० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’लाई लिएर गरिएको सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् । प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सेयर गरेपछि विवाद चर्किएको थियो । एक प्रहरी अधिकारीले इण्डियन एक्सप्रेस अखबारलाई केही...
कर्नाटकामा कंग्रेस आई बहुमततर्फ अग्रसर
राजनीति, विदेश, समाचार

कर्नाटकामा कंग्रेस आई बहुमततर्फ अग्रसर

नेपालअखबार, एजेन्सि। कर्नाटकामा बुधबार सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ। शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ। मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतकाे सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ। टाइम्स अफ इन्डियाका अनुसार हालसम्म सत्तारूढ भारतीय जनता पार्टीले ७९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने जनता दल सेकुलर (जेडिएस) ले २५ क्षेत्रमा अग्रता लिएको छ। मतगणनाको ताजा विवरणअनुसार भाजपा २०१८ को निर्वाचनमा जितेको २५ निर्वाचन क्षेत्रमा यसपालि पछि परेको छ भने कंग्रेसले अघिल्लो निर्वाचनमा हारेका ३९ निर्वाचन क्षेत्रमा यसपटक अग्रता लिइरहेको छ। भारतका विभिन्न सञ्चारमाध्यमहरूले गरेको एक्जिट पोलहरूले यसपालि कर्नाटकामा भारतीय जनत...
पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए
राजनीति, विदेश, समाचार

पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए

नेपालअखबार, लाहोर । पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन् । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । लाहोरमा उनका समर्थकहरुले उनलाई न्यानो स्वागत गरेका थिए । इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुगेका थिए । जमानत पाएपछि पनि इमरान खान केही घण्टा इस्लामावाद हाईकोर्ट परिसरमै बसेका थिए । इस्लामाबाद पुलिसका प्रमुखले उनलाई लाहोर जानबाट रोक्न सक्दो प्रयास गरेको र उनलाई तीन घण्टा पर्खाइएको पूर्व प्रधानमन्त्रीको दावी छ । एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन् । यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग...