Wednesday, September 23

विदेश

पैसा माग्दा नपाएपछि रिसले चुर हुँदै पतिको रामधुलाई
विदेश, समाचार

पैसा माग्दा नपाएपछि रिसले चुर हुँदै पतिको रामधुलाई

नेपाल अखबार, एजेन्सि। श्रीमतीले किनमेल र घरखर्चका लागि पैसा माग्दा नपाएपछि श्रीमानको रामधुलाई गरेकी छिन् । पत्नीको कुटाइबाट अर्धचेत भएका श्रीमानलाई अस्पताल नै भर्ना गर्न प¥यो । घटना छिमेकी मुलुक भारतको हो । मयुर विहार इलाकामा घटेको यो घटनामा प्रहरीले जनाएअनुसार श्रीमान घर पुगेपछि श्रीमतीले पैसा मागिन् । श्रीमानले लकडाउनका कारण व्यवसाय धरापमा परेको र साथीसँग सापट मागेर दिने बताएपछि श्रीमती रिसले आगो भइन् । तुरुन्तै उनले भुइँ सफा गर्ने वाइपरले श्रीमानमाथि अन्धाधुन्ध प्रहार गरिन् । वाइपरको प्रहारबाट श्रीमान सख्त घाइते भए । उनलाई श्रीमतीले घरभित्र लखेटी लखेटी कुटेकी थिइन् । जसोतसो घरबाट निस्कन सफल भएका उनलाई घाइतेवस्थामा छिमेकीले लालबहादुर शास्त्री अस्पताल पु¥याएका थिए । २ दिनको उपचाारपछि घर फर्किएर उनले श्रीमतीविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । प्रहरीका अनुसार उक्त परिवार मयुर विहारको त्र...
सुटिङ सेटमा अभिनेताको मृत्यु
मनोरञ्जन, विदेश, समाचार

सुटिङ सेटमा अभिनेताको मृत्यु

नेपाल अखबार, एजेन्सि। मलयालम अभिनेता तथा डबिङ कलाकार प्रबिश चक्कललक्कलको केरलको कोच्चिमा एक फिल्मको सेटमा मृत्यु भएको छ । ४४ वर्षीय प्रबिश कथित रुपमा युट्युब च्यानल कोचिन कलेजका लागि सुटिङ गरिरहेका थिए, त्यति नै बेला उनी अचानक सेटमा लडे र उनको मृत्यु भयो । उनका सहयोगीले उनको मृत्युबारे पुष्टि गर्दै भने, ‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।’ जानकारीका अनुसार प्रबिश सेटमा लड्दा एक भिडियोग्राफरसँग पानी मागे । उनलाई तुरुन्त पानी दिइयो । यसैबीच उनको खल्तीमा कारको चाबी भेटियो जसा उनलाई अस्पताल पुर्याइयो । अस्पतालले उनलाई तत्काल मृत घोषित गरिदियो । प्रबिशले थुप्रै टेलि श्रृङ्खलामा काम गरेका छन् । डबिङ आर्टिस्टको रुपमा उनले थुप्रै चर्चित मलयालम फिल्ममा काम गरेका...
विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि…
विदेश, समाचार

विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि…

नेपाल अखबार, एजेन्सि । अस्ट्रेलियामा एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अधिकारीहरूले बताएका छन्। त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्ने क्रममा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ। बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका छन्। तर, कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ। अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो। ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन्। अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु न्याश्नल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए। स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए। ‘यो यस्तो घटना हो जुन यसअघि भएको जानकारी छैन। यो एकदमै अनौठो हो,’ नोर्दन टेरिटर...
रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो
विदेश, समाचार

रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो

नेपाल अखबार, एजेन्सि। रिया चक्रवर्ती गिरफ्तार भइन् । पछिल्लो ८५ दिनदेखि अनेक टिभी च्यानल जसरी एक महिलामाथि बर्सिए, त्यो हेर्दा यस्तो लाग्छ कि रियामाथि आरोप लगाइनु र अन्त्यमा उनको गिरफ्तारी हुनु सन् २०२० को सबैभन्दा महत्वपूर्ण घटना थियो । के कोभिड–१९, के लकडाउन, के प्रवासी मजदुरको भोकमरीको अत्यधिक समस्या, के देशको अर्थव्यवस्थामा अभूतपूर्व क्षती, के चीनको लद्दाखमा अतिक्रमण, एक्ली रिया सबैमाथि भारी भइन् । यो गिरफ्तारीमा के कुरा विशेष थियो ? के यो देशको पहिलो गिरफ्तारी थियो ? के यो देशको पहिलो लागूऔषध मुद्दा थियो ? होइन ! नयाँ सरकारी आँकडा अनुसार सन् २०१८ मा एनडीपीएस एक्स अनुसार ४९ हजार ४ सय ५० मुद्दा दर्ता थिए जसमा कूल ६०,१५६ गिरफ्तारी भएका थिए । त्यसो भए यो गिरफ्तारीमा यस्तो हंगामा किन ? तर केही च्यानलका अनुसार ‘बिहारका छोरा’ लाई न्याय दिलाउनु भन्दा अरु केही कुरा पनि महत्वपूर्ण थिएन र यसका ल...
कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’
मनोरञ्जन, विदेश, समाचार

कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’

नेपाल अखबार, एजेन्सि। नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादले घेरिँदै गएकी छिन् । अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् । यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । के छ भिडियोमा ? सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’ एक प्रयोगकर्ताले भिडियो सेयर गरेः “Main drug addict thi” pic.twitter.com/0m7GeVyde3   बलिउडमाथि लगाएकी थिइन् आरोपः कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् । केहि दिन अघि मात्रै कंगनाले ९९ प्...
उत्तर कोरियामा चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश
विदेश, समाचार

उत्तर कोरियामा चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि  उत्तर कोरियाली अधिकारीहरुले कडा कदम उठाएकाछन् । उनीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई  गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् । जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो । स्वास्थ प्रणाली खासै सुुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो । बाध्यकारी रुपमा सीमा बन्द गर्दा कालोबजारी मौलाएपछि हस्तक्षेप गर्न अधिकारीहरु अघि सरेका हुन् । एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ...
पाकिस्तानः सन्तानसहित बाटोमा फसेकी महिलामाथि सामूहिक बलात्कार, १२ जना पक्राउ
विदेश, समाचार

पाकिस्तानः सन्तानसहित बाटोमा फसेकी महिलामाथि सामूहिक बलात्कार, १२ जना पक्राउ

नेपाल अखबार, एजेन्सि। पाकिस्तानमा आफ्नो बालबच्चासहित अबेर राती बाटोमा फसेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले यो मामिलामा १२ जनालाई हिरासतमा लिएको छ । सोमबार–मंगलबार राती भएको यो घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन अपराधको विषयमा भारी आक्रोश देखियो र प्रहरीको निकै आलोचना पनि भयो । घटनाको भोलिपल्टै पंजाब प्रान्तका प्रहरी प्रमुख बनेका आइजी ईनाम गनीले अनुसन्धानपश्चात् अहिलेसम्म १२ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । उनले बीबीसीसँगको कुराकानीमा २० समूहले यो घटनाको अनुसन्धान गरिरहेको र उनले जियोफेन्सिङको प्रयोग गरेर संदिग्ध अपराधी बस्ने गाउँको पहिचान गरेको बताए । प्रहरी स्रोतका अनुसार अपराधीले कारको सिसा फुटाएका थिए, उनीहरुको केही छिटा कारको ढोकामा पनि लागेको थियो जसको सहारामा संदिग्धको डिएनए परीक्षण गरिँदै छ । मद्दतको प्र...
चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा
विदेश, समाचार

चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा

नेपाल अखबार, एजेन्सि। चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा बढेको छ। सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको हो। दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन्। चिनियाँ सैनिकले भारतीय सैनिकले पहिले वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार (फायरिङ) गर्न बाध्य भयो।’ भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ। कतिपय मिडियालेले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि भारतीय सैनिक त्यसको जवाफ दिन बाध्य हुनुपरेको दाबी गरेका छन्। यसअघि केही दिनअघि मात्र दुई देशका सैनिकबीच झडप भएको थियो। तर यस क्रममा के कति हताहती भयाे भन्नेबारे दुवै देशले अहिलेसम...
विश्वको ‘एक्लो हात्ती’लाई पाकिस्तानबाट अन्यत्रै लगिने
विदेश, समाचार, हाइलाइट-समाचार

विश्वको ‘एक्लो हात्ती’लाई पाकिस्तानबाट अन्यत्रै लगिने

नेपाल अखबार, एजेन्सी । जनावर अधिकर्मीहरुमाझ तातो बहसको विषय बनेको हात्तीलाई पाकिस्तानस्थित चिडियाघर छाड्नेअनुमति मिलेको छ । हात्तीको स्थानान्तरणका लागि लबिङ गरिरहेका समूहहरुले अब यसलाई राम्रो वातावरणमा लगेर राखिने बताए । ‘विश्वको एक्लो हात्ती’ नाम दिइएको काभान ३५ वर्षभन्दा लामो समयदेखि इस्लामावादस्थित मार्गहजर चिडियाखानाको साँघुरो क्षेत्रफलमा प्रताडित भएर बसेको थियो । फोर पाज जनावर संरक्षण संस्थाका प्रवक्ता मार्टिन बाउरकाअनुसार यस हात्तीलाई अन्तत भ्रमणका लागि मेडिकल स्वीकृति मिलेको छ । सायद अब यसलाई कम्बोडिया लगेर राम्रो वातावरण राखिनेछ । शुक्रबार चिडियाघरमै काभानको पूर्ण मेडिकल परीक्षण गरिएको बाउरले बताए । गत मेईमा पाकिस्तानको उच्च अदालतले मार्गहजर चिडियाखाना बन्द गर्न आदेश दिएको थियो । लापरवाहीका कारण चिडियाघरको अवस्था दर्दनाक बनेको भन्दै यस्तो आदेश दिइएको थियो । चिडियाघरको दयनीय अवस्थाब...
भारतीय सीमा सुरक्षा बलले चलायो गोली, बंगलादेशी युवाको मृत्यु
विदेश, समाचार

भारतीय सीमा सुरक्षा बलले चलायो गोली, बंगलादेशी युवाको मृत्यु

नेपाल अखबार, एजेन्सि।  भारत–बंगलादेश सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर एक बंगलादेशी युवाको मृत्यु भएको  छ । चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ  । मृत्यु हुनेमा  तेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका युवा रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकका अनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेका थिए । बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए । यस घटनापछि बादशाहको शव बोर्डरमै राखिएको छ । बंगलादेशी सेनाका लेफ्टिनेन्ट कोलोनल महमुद्धुल हसनका अनुसार ग राति सीमामा दुुई पटक बन्दुक पड्किएको आवाज सुनिएको थियो, त्यहाँ शव भेटिएको जानकारी पनि उनले दिए ।...