Wednesday, September 23

विदेश

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।...
कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ ।...
टन्सिल भयाे ? यसरी गर्नुहोस घरमै उपचार
विदेश, स्वास्थ्य

टन्सिल भयाे ? यसरी गर्नुहोस घरमै उपचार

चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ । टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ । टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ । तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ । १. नुनपानीले कुल्ला गर्नेटन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नून...
साउदी राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ
विदेश, समाचार

साउदी राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ

काठमाडौं । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । शुक्रबार उनीहरूलाई हिरासतमा लिइएको बताइए पनि त्यसको कारणबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन । आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् । तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन् । प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स त...
शान्ति सम्झौता उल्लंघन गर्दै अमेरिका, तालिबानमाथि थाल्यो आक्रमण
विदेश, समाचार

शान्ति सम्झौता उल्लंघन गर्दै अमेरिका, तालिबानमाथि थाल्यो आक्रमण

सन् २००१ यता जारी युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा हस्ताक्षर गरेको केही दिनमै अमेरिका र तालिबानबीचको लडाइँ सुरु भएको छ। बुधबार अमेरिकी सेनाले तालिबान लडाकुमाथि हवाई आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ। अमेरिकी सेनाका प्रवक्ताले आफूहरुले तालिबानमाथि आक्रमण गरेको बताएका हुन्। तालिबानको आक्रमणमा परेर २० अफगानी सेनाको मृत्यु भएपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको बताइएको छ। तालिबानको आक्रमणले शान्ति सम्झौता उल्लंघन भएको अमेरिकी भनाइ छ। गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ। सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ। तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतबार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका थिए। तालिबान रिहाई गर्ने विषय अफगान सरकारको नितान्त व्यक्तिगत विषय भएको उनल...
हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे
अर्थ, पर्यटन, विदेश, समाचार

हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे

नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालय एअरलाइन्सले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका छन् । धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएका छन् । हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।...
वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन
अर्थ, विदेश, समाचार, स्वास्थ्य

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ। कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए। ‘सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ’, मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो।’ कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जा...
गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे

गोरखाबाट पक्राउ परेका आठ जना चिनियाँ नागरिकलाई काठमाण्डौं लगिएको छ । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाण्डौं पठाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...
नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)

गाेरखा । नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजनाकाे उद्घाटन गर्न गोरखा आएका उनले कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए । ‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’ सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे । हेर्नुस भिडियाे https://www.youtube.com/watch?v=8qe6EorrEjg...
चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन
प्रदेश ४, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन

गोरखा । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, आँपश्वाराकी यमकुमारी थापा नेपाल फर्केकी छिन् । ४ महिनाअघिदेखि दुबईको एक अस्पतालमा अलपत्र परेकी थापा बुधबार बिहान नेपाल आइपुगेकी हुन् । एक्कासी रक्तचापको समस्या आई त्याहाको रसिद अस्पतालमा शल्यक्रिया गरेकी उनको ४ महिनादेखि मानसिक सन्तुलनमा समस्या आएको थियो । उनी बुधबार बिहान १० बजे नेपाल एअरलाईन्सको उडानबाट नेपाल आइपुगेकी छोरी सृजना थापाले जानकारी दिइन् । उनलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए । विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर अस्पतालमा अलपत्र बनेको खबर केहि दिनअघि बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका थिए । सो को आधारमा युएईमा रहेका सामजिक संघसंस्थाहरुले उनको उद्दारका लागि पहल गरेक...