Sunday, July 26

विश्व

अफ्रिकी देशको संसदमा कुर्सी फ्याँकियो : महिला सांसदलाई थप्पड हान्दा विवाद, लात्ती, मुक्कासमेत चल्यो
राजनीति, विश्व, समाचार

अफ्रिकी देशको संसदमा कुर्सी फ्याँकियो : महिला सांसदलाई थप्पड हान्दा विवाद, लात्ती, मुक्कासमेत चल्यो

नेपालअखबार, एजेन्सि। अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेको विषयमा विवाद भएको छ । घटना डिसेम्बर २ को हो । एक सांसदले महिला सांसदलाई थप्पड हाने । यसपछि आक्रोशित महिला मन्त्रीले उनीमाथि कुर्सी हानिन् । त्यसपछि दुई सांसदबीच झडप भएको थियो । अब थाहा पाउनुहोस् संसदमा हंगामाको कारण... संसदमा बजेट अधिवेशन चलिरहेको थियो । कारवाहीको क्रममा, सत्तारूढ दल बेन्नो बोक याकार (बीबीवाई) की महिला सांसद एमी नदिये गानिबीले राष्ट्रपति म्याकी सालको तेस्रो कार्यकालको विरोध गर्ने एक आध्यात्मिक नेताको आलोचना गरिन् । विपक्षी दलका सांसद मस्साता साम्बलाई यो कुरा मन परेन । उनी आफ्नो सिटबाट उठे र गनीबीलाई थप्पड हाने । अध्यात्मिक गुरुको आलोचनाबारे सांसद मसाता साम्बले भने, ‘एक सांसदले आध्यात्मिक गुरुको अपमान गरेकी छिन् । यो गलत हो । महिला सांसदले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् । उन...
पृथ्वीभन्दा दोब्बर ठूलो ग्रह भेटियो, मानिसका लागि नयाँ बासस्थान बन्न सक्ला ?
विश्व, समाचार

पृथ्वीभन्दा दोब्बर ठूलो ग्रह भेटियो, मानिसका लागि नयाँ बासस्थान बन्न सक्ला ?

नेपालअखबार, एजेन्सि। वैज्ञानिकले हालै एक नयाँ एक्सोप्लानेटबारे पत्ता लगाएका छन् । तर जबदेखि खगोलविद्ले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो ग्रहको नाम हो HD-114082b । यो एक नयाँ ग्रह हो जसको आकारण वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि वैज्ञानिकहरुले थाहा पाएका छन् कि ग्यास ग्रह निर्माणसँग सम्बन्धित दुई मोडलमध्ये कसैसँग पनि यो ग्रहको गुण मेल खाँदैन । अर्थात्, यो ग्रह आफ्नो उमेरको हिसाबले निकै भारी छ र यसको निर्माण कसरी भयो यो अझै पनि एक पहेली हो जर्मनमा म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीको एस्ट्रोफिजिसिस्ट ओल्गा जखोजायका अनुसार हालको मोडलसँग तुलना गर्ने हो भने ग्यास जायन्ट HD-114082b को उमेर पनि मात्र १.५ करोड वर्ष मात्रै छ, जुन युवा ग्रह भएको नाताले दुईदेखि तीन गुणा बढी घना छ । एस्ट्रोनोमी एन्ड एस्ट्रोफिडिक्स जर्नलमा प्रकाशित शोधका अ...
आज फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल
खेलकुद, विश्व, समाचार

आज फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल

नेपालअखबार, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म सबै...
बेन ह्वाइटले छाडे इंग्लिस टिम
खेलकुद, विश्व, समाचार

बेन ह्वाइटले छाडे इंग्लिस टिम

नेपालअखबार, काठमाडौं । इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले कतारमा भइरहेको फिफा विश्वकप २०२२ छाडेर घर फर्किएका छन् । इंग्लिस फुटबल संघले बुधबार व्यक्तिगत कारण ह्वाइट घर फर्केको जनाएको छ । फुटबल संघले यसबारे थप केही खुलाएको छैन । संघले आर्सनलका यी सेन्टर ब्याक अब कतार विश्वकपमा फर्कने अपेक्षा नरहेको पनि जनाएको छ । ‘बेन ह्वाइट इङ्गल्याण्डको अल बक्राहमा रहेको प्रशिक्षण केन्द्र छोडेर व्यक्तिगत कारणले घर फर्केका छन् । आर्सनलका डिफेन्डरले बाँकी प्रतियोगिताका लागि टोलीमा फर्कने अपेक्षा गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस समयमा खेलाडीको गोपनीयतालाई सम्मान गर्छौँ ।’ २५ वर्षीय ह्वाइटले इंग्ल्याण्डले समूह चरणमा खेलेको इरान र अमेरिकाविरुद्ध खेलेनन् भने वेल्स विरुद्धको खेलमा अनुपस्थित थिए । समूह ‘बी’ को विजेता बनेको इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगल विरुद्ध खेल्नेछ ।...
समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम
खेलकुद, विश्व, समाचार

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

नेपालअखबार, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलहरु रोमाञ्चक बन्दै गएका छन् । बिहीबार पनि समूह चरणका चार खेल हुनेछन् । समूह एफमा हुने यी चार खेलहरुबारे यस लेखमा चर्चा गरिएको छ। समूह एफमा साविक उपविजेता क्रोएसिया, फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम, अफ्रिकन राष्ट्र मोरक्को र क्यानडा छन् । दोस्रो पटक विश्वकप खेलेको क्यानडा दुई खेल हार्दै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । त्यसैले अब अन्तिम १६ मा पुग्नका लागि क्रोएसिया, मोरक्को र बेल्जियम मात्र होडमा छन् । यी तीन मध्ये दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् । बिहीबार राति पौने ८ बजे क्रोएसिया र बेल्जियम तथा मोरक्को र क्यानडाबीच हुने खेलपछि तीन दुई टिमको टुङ्गो पनि लाग्नेछ । एक जित र एक बराबरीबाट ४ अंकसहित क्रोएसिया हाल शीर्ष स्था...
चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन
विश्व, समाचार

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

नेपालअखबार, काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन । चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए । उनीभन्दा अघि चाओ चियाङ पार्टीका महासचिव थिए । सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । केही समय चीनका उद्योगहरूमा काम गरेका उनले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिक सम्बन्धी थप तालिम समेत लिएका...
पुच्छर भएकी बालिकाको जन्म
विश्व, समाचार

पुच्छर भएकी बालिकाको जन्म

नेपालअखबार, एजेन्सि। मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् । पुच्छरमा रौँ, टुप्पोको आकार गोलो जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरे । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्क...
२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग
खेलकुद, विश्व, समाचार

२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग

नेपालअखबार, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ । मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ । सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो । सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे । सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए । दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्र...
विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

g]kfncvaf/, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ । पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् । आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् । समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । य...
विश्वकपको म्याच बल ‘अल रिहला’को इण्डोनेसियाली कनेक्सन
खेलकुद, विश्व, समाचार

विश्वकपको म्याच बल ‘अल रिहला’को इण्डोनेसियाली कनेक्सन

नेपालअखबार, काठमाडौं । इण्डोनेसिया भलै विश्वकपमा छनोट हुन सकेको छैन तर, जाभामा रहेको एक कम्पनीले आधिकारिक म्याच बल निर्माताका रुपमा विश्वकपमा आफ्नो उपस्थिति देखाएको छ । कतारका विश्वकप २०२२ का लागि आधिकारिक फुटबल ‘अल रिहला’को निर्माण इण्डोनेसियाको पूर्वी जाभास्थित मडियुन क्षेत्रमा भएको हो । स्थानीय खेल सामग्री उत्पादक कम्पनीले यहाँ सन् २०१९ मा कारखाना स्थापना गरेको हो । उसको आधिकारिक वेवसाइटअनुसार त्यहाँ २ हजारभन्दा बढी कामदार छन् । मडियुनका एक बासिन्दा अहमद दवामीले विश्वकपको आधिकारिक म्याच बल आफ्नो क्षेत्रमा उत्पादन हुनु गर्वको क्षण भएको बताए । उनका अनुसार यो कम्पनीले सन् २०२० देखि नै स्थानीय अर्थव्यवस्था बढाउन सहयोग गरेको छ । ‘यहाँ सन् २०२० मा कारखाना स्थापना हुनु नै हाम्रो लागि गर्वको कुरा थियो । यो कारखाना हाम्रा लागि सबैथोक हो,’ दवामीले अलजजिरासँग भनेका छन् । अल रिहलाको अरे...