Wednesday, August 26

विश्व

‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’
प्रविधि, विश्व, समाचार, हाइलाइट-समाचार

‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

नेपाल अखबार, एजेन्सि । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहलाई निशाना बनाएको माइक्रोसफ्ट कम्पनीले दाबी गरेको छ । माइक्रोसफ्टका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, तिनै ह्याकर यस पटक पनि सक्रिय भए भएका छन् । ‘चुनावलाई निशाना बनाउन विदेशी समूहहरुले आफ्नो सक्रियता बढाएको कुरा स्पष्ट छ,’ माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अमेरिकामा राष्ट्रपति पदको चुनाव आगामी नोभेम्बर महिनामा हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडन उम्मेदवार छन् । दुवैको चुनाव प्रचारलाई ह्याकरहरुले निशाना बनाएको माइक्रोसफ्टको दाबी छ । माइक्रोसफ्ट कम्पनीका अनुसार स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरुले रिपब्लिकन र डेमोक्रेट्ससँग जोडिएका द...
जोर्डनको सैन्य इलाकामा भयानक बिस्फोट, आकाशमा देखियो आगोको लप्का
विश्व, समाचार

जोर्डनको सैन्य इलाकामा भयानक बिस्फोट, आकाशमा देखियो आगोको लप्का

नेपाल अखबार, एजेन्सि।  जोर्डनको राजधानी अम्मान नजिकै रहेको जर्का सैन्य शिविरमा थुप्रै बिस्फोटको आवाज सुनिएको छ । सोसल मिडियामा आइरहेका तस्बिर र भिडियोमा देख्न सकिन्छ कि बिस्फोट यति भयानक थियो कि आगोको लप्का निकै माथिसम्म उठेको थियो । अधिकारीका अनुसार यो बिस्फोट एक पुरानो अर्डिनेन्स फ्याक्ट्रीको गोदाममा भएको हो र बिजुलीको सर्किटमा आएको गडबडीका कारण आगलागी भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारका प्रवक्ता अमजदका प्रवक्ता अमजद अदिलाले सरकारी मिडियालाई जानकारी दिँदै भने, ‘प्रारम्भिक अनुसन्धानबाट थाहा हुन्छ कि सेनाको हतियार राख्ने डिपोमा इलेक्ट्रिक सर्किटमा भएको गडबडीका कारण यो दुर्घटना भएको हो । यो आवसीय इलाका होनइ र यहाँ मानिसहरुको आवतजावत पनि कम छ ।’ यद्यपि, वरिपरि बस्ने मानिसहरुका अनुसार बिस्फोटका कारण उनीहरुको घरको झ्यालको सिसा फुटेका छन् । दुर्घटनामा हताहतबारे अहिलेसम्म क...
लेबनानमा शक्तिशाली बिस्फोट भएकै स्थानमा पुनः भयानक आगलागी
विश्व, समाचार

लेबनानमा शक्तिशाली बिस्फोट भएकै स्थानमा पुनः भयानक आगलागी

नेपाल अखबार, एजेन्सि। लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो । स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान गएको छैन तर आगो यति भयंकर थियो कि यसबाट निस्किएको कालो धुँवाले बेरुत शहरको पूरा आकाशलाई आफ्नो रङ्गमा रङ्गाएको थियो । यद्यपि, आगलागीको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन लेबनानको सेनाले आगोमाथि नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपरेको बताइएको छ । सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा ज्यान बचाउनका लागि धेरै मानिसहरु घटनास्थलबाट भागिरहेको देख्न सकिन्छ । बेरुतमा सिभिल डिफेन्सका निर्देशक जनरल रेयमन्ड खटरले जुन स्थानमा आगलागी भएको छ त्...
चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल
विश्व, समाचार

चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल

नेपाल अखबार, एजेन्सि । विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ । गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन । चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक  सञ्जालमा देखिएको थियो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको स्रोतको भनाइ छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र ...
भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।...
अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ । यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् । यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन...
क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप
विश्व, समाचार

क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप

नेपाल अखबार, एजेन्सि। अमेरिकामा सर्वाधिक धेरै कोरोना संक्रमित पहिचान भएको राज्य हो, क्यालिफोर्निया । अमेरिकाको सर्वाधिक ठूलो जनसंख्या बसोबास गर्ने यस राज्यमा ७ लाख ४१ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिइसकेको छ । क्यालिफोर्नियामा अहिले गर्मी उच्च छ । अनि, आगलागिका घटना पनि बढिरहेका छन् । आइतबार उडल्यान्ड हिल्समा तापक्रम ४९ सेल्सियस पुुग्यो, लस एन्जलस काउन्टीको कुनै पनि भागमा तापक्रम पहिलो पटक यति उच्च रहेको नेशनल वेदर सर्भिसले जनाएको छ । तातो र सुख्खा मौसमका कारण यस वर्ष गर्मी सिजनमा क्यालिफोर्नियामा आगलागी निकै बढेको छ । अहिलेसम्म ६ लाख ४७ हजारभन्दा धेरै हेक्टर जमिनमा लागिसकेको छ । तीनवटा ठूला डढेलो यहाँ फरक भागमा विध्वंश मच्चाइरहेको छ । त्यहीकारण, सान बर्नार्डिन्होको पूर्वतर्फ शनिबारदेखि सुरु भएको डढेलो निभाउनका लागि ५ सय फायर फाइटर्स र चारवटा हेलिकोप्टर तैनाथ गरिएको थियो । उत्तरी क्य...
रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी

नेपाल अखबार, एजेन्सि। रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन्। ‘स्पुनिक-५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्। रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो। यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो। भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमिित्रभले बताए। खोपको परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ। कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो। रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्ध तयार गरिएको ‘स्पुनिक- ५’ खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका ...
ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६...
संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ
विश्व, समाचार, हाइलाइट-समाचार

संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ

नेपाल अखबार, एजेन्सि। संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो संग्रहालय खोलिएको छ । कोपेनहेगनको ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटले यसलाई बनाएको हो । जसले यो संग्रहालयको परिकल्पना गरे त्यसमा माइक वाइकिंग पनि समावेश छन् । माइक ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका मुख्य कार्यकारी अधिकारी हुन् । उनले खुसीसँग सम्बन्धित तीनवटा किताब लेखिसकेका छन् – दि लिटिल बुक अफ लेगे (लेगे अर्थात् खुसी), दि लिटिल बुक अफ ह्यूगे (ह्यूगे अर्थात् मनोरञ्जन) र द आर्ट अफ मेकिङ मेमोरिज । तीनवटै ‘बेस्ट सेलर’ । यस्तो प्रकारको पहिलो संग्रहालयः आठ कोठ...