Wednesday, August 26

विश्व

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै
विश्व, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

नेपाल अखबार, एजेन्सि ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसले ज्यान गुमाएका छन्। यस बीचमा संक्रमित पनि विश्वमै सबैभन्दा धेरै भारतमा फेला परेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ। दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।...
उत्तर कोरियाका शासक किम ‘कोमा’मा !
विश्व, समाचार

उत्तर कोरियाका शासक किम ‘कोमा’मा !

नेपाल अखबार, एजेन्सि।  उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ। उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएकाे खबर सार्वजनिक भएकाे थियाे। याे उत्तरकाेरियाका   शासक किम जाेङ उनले  अाफ्नी बहिनीलार्इ  बनाए थप शत्तिशालि  न्युयाेर्क पाेस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन्। उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन्। यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि...
विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्
विश्व, समाचार

विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड–१९ बाट बेअसर नै छन् ? र प्रश्न यो पनि उठ्छ कि उनीहरु अब के गरिरहेका छन् ? सन् १९८२ मा खोलिएको ‘द पलाउ होटल’ त्यो जमानामा निकै ठूलो होटल थियो । यसको अत्यधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन । त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो । सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी । सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ । तर यो सबै कोभिड अघिको कुरा हो । पलाऊका सीमा मार्चको अन्तिम दिनदेखि बन्द छन् । यद्यपि, पलाऊ संसारको ती १० देश (उत्तर कोरिया र तुर्कमेनिस्तानल...
तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ
विश्व, समाचार

तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ

नेपाल अखबार, एजेन्सि। गएको तीन दशकमा २८ ट्रिलियन टन बरफ पग्लिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्। स्याटलाइट सर्वेक्षणमा आधारित सो अध्ययनले बरफ पग्लिने यो क्रम ‘चकित तुल्याउने’ खालको भएको बताएको छ। लिड्स युनिभर्सिटी, एडिनबरा युनिभर्सिटी र युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिहरुले संयुक्त रुपमा सो अध्ययन गरेका थिए। उनीहरुले हिमनदी र बरफ पग्लिनाले यो शताब्दीको अन्त्यमा समुद्र सतह एक मिटरले बढ्ने चेतावनी पनि दिएका छन्। ‘समुद्र सतह एक सेन्टिमिटर बढ्दा करिब १० लाख मानिस विस्थापित हुन्छन्,’ लिड्स युनिभर्सिटीका प्राध्यापक एन्डी सेफर्ड भन्छन्। हिउँ पग्लिने क्रम बढेपछि सूर्यको विकिरणलाई परावर्तन गर्ने पृथ्वीको क्षमता घट्ने र तापक्रम बढ्ने चेतावनी पनि उनीहरुले दिएका छन्। एजेन्सी...
डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। वयस्कका लागि जुन जुन नियम लागू गरिएका छन्, १२ वर्षमाथिका बालबालिकाले पनि त्यो पालना गर्नुपर्ने सुझाव उसले दिएको छ। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न तथा उनीहरुको हेरविचार गर्न पर्छ। यस्तै डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने र यसभन्दा माथि उमेरका र अन्य रोगबाट ग्रसित व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ। स्राेत : बीबीसी...
भारतमा एकैदिन भेटिए ७० हजार बढि संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए ७० हजार बढि संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८ रहेका छन् । भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ । यहाँ ६ लाख ७१ हजार ९ सय ४२ संक्रमित छन् भने २१ हजार ९ सय ९५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा राज्यमा कोरोनाका १४ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७ को मृत्यु भएको छ ।...
कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी

नेपाल अखबार, एजेन्सि। दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाएको छ। स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए। दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए। नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ। सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए। कतिपय प्रतिवन्धात्...
सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ : डब्लूएचओ
विश्व, समाचार, स्वास्थ्य

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ : डब्लूएचओ

नेपाल अखबार , एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ। शुक्रबार जेनेभामा बाेल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन्। उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो। तर उन्नत विज्ञान र प्रविधिका कारण काेराेना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने अनुमान गरिएकाे उनले बताएका छन्। स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् २ वर्षभन्दा बढी समयसम्म रहेको थियो। र, त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी...
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक
विश्व, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब आठ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ । यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ । कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख २१ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७५ हजार ४ सय ४३ छ ।...
इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता
विश्व, समाचार

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

नेपाल अखबार,  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।  इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हुन् । इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका थिए । ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।” ट्रम्पले भने, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन...