चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल
नेपाल अखबार, एजेन्सि । विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ ।
गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन ।
चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक सञ्जालमा देखिएको थियो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको स्रोतको भनाइ छ ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र ...
