कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो
नेपाल अखबार, एजेन्सि। संसारभरी हालसम्म कोरोनाका दुई करोड बढी संक्रमित फेला परिसकेका छन् । तीमध्ये ७.५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना यस्तो पहिलो भाइरस हो जुन संसारको २ सय १५ देश र द्वीपमा फैलिएको छ । यसअघि कुनै पनि भाइरसको प्रकोप यति देशसम्म फैलिएको थिएन । कोरोनाद्वारा संक्रमित ३.५ प्रतिशत मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् । पछिल्लो ८ वर्षमा भाइरस संक्रमणका जति ठूलो रोग आयो त्यसमा कोरोना सबैभन्दा धेरै देशमा फैलियो ।
मारबर्गले ८० प्रतिशत, निपाहले ७८ प्रतिशत र कोरोनाले ३.५ प्रतिशत बिरामीको ज्यान लियोः
कोरोनाको मृत्युदर अन्य संक्रमणको तुलनामा निकै कम छ । यसद्वारा संक्रमित भएका ३.५ प्रतिशत व्यक्तिको ज्यान गएको छ । मृत्युदरको मामिलामा सबैभन्दा खतरनाक भाइरस मारबर्ग थियो । यसद्वारा संक्रमित ८० प्रतिशत व्यक्तिको ज्यान गएको थियो । यस्तै निपाह भाइरसको ७८ प्रतिशत त हेन्ड्रा भाइरसका ५७ प...
