१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स
नेपालअखबार,काठमाडौँ । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन।
बुधबार दिउँसो २:५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ।
आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...










