हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन
नेपालअखबार,काठमाडौँ। इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा चरम अभाव देखिएपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउन निर्देशन दिएको छ।
अमेरिकी रक्षा उपमन्त्री स्टिभ फेनबर्गले कारखानाका प्रमुखहरूलाई पत्र पठाएरै महत्वपूर्ण हतियारको उत्पादन क्षमता विस्तार र आपूर्ति समय छोट्याउन भनेका हुन्।
उनले ठोस योजना २१ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको अमेरकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ।
पोस्टका अनुसार फेनबर्गले काराखानाहरूलाई हतियारहरूको आपूर्ति गर्न वर्षौं लाग्ने चक्र स्वीकार्य नभएको भन्दै आक्रामक उत्पादन र छिटो आपूर्ति गर्ने योजना पेस गर्न भनेका हुन्।
'हामीले हाम्रा कार्यक्रमको समयतालिका छोट्याउनुपर्छ र अहिले नै उत्पादन क्षमता विस्तार गर्नुपर्छ,' उनले हतियार कारखानाहरूलाई लेखेको पत्रमा भनेका छन्।
फेनबर्गले रक्षा कम्पनीहरूसँग...










