Saturday, June 27

विश्व

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं
राजनीति, विश्व, समाचार

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्  सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।...
पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प
राजनीति, विश्व, समाचार

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् । यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो । यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् । मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।...
इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण
विश्व, समाचार

इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

नेपालअखबार,काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ । इजरायलका सेनाले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा सोमबार राति आक्रमण गरेका हुन् । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्यक्रम प्रस्तोता कार्यक्रम बन्द गरेर बाहिर निस्किएको भिडियो अहिले भाइरल छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘इरानी राष्ट्रको शत्रुले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’ प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबा...
इसराइली हमलामा मारिए आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारी
विश्व, समाचार

इसराइली हमलामा मारिए आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारी

नेपालअखबार,काठमाडौं ।  इसराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्। गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको  आइआरजिसीद्वारा सञ्चालित तान्सिम न्युज एजेन्सीलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। इसराइले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ। इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको बताएका छन्। इसराइली हमलामा पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए। आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, ख...
इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना
विश्व, समाचार

इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना

नेपालअखबार,तेहरान । इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् । इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्‍याएको थियो । इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।...
इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
राजनीति, विश्व, समाचार

इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति

नेपालअखबार,काठमाडौँ ।इरानले इसराइल विरूद्धको आक्रमणमा शनिबारदेखि नयाँ प्रविधि र उन्नत क्षमताको ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेको छ। इरानको सरकारी समाचार संस्था फार्सले इसराइल विरूद्धको तेस्रो चरणको हमलामा इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जनाएको छ। इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले सरकारी टेलिभिजनलाई बताएअनुसार यो मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इसराइलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स र अन्य रक्षा प्रणालीलाई छल्न सक्छ। उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्...
इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल
विश्व, समाचार

इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् । ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन् । उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्‍याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’ उर्...
इरानद्वारा इजरायलमा थप हमला, एक इजरायलीको मृत्यु
विश्व, समाचार

इरानद्वारा इजरायलमा थप हमला, एक इजरायलीको मृत्यु

नेपालअखबार,तेल अभिभ । इरानले गरेको प्रतिआक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। सीएनएनसँग कुरा गर्दै इजरायलका अमेरिकास्थित राजदूतले एक महिलाको मृत्यु भएको र करिब ४० जना घाइते भएको जानकारी दिएका हुन्। न्युयोर्क टाइम्सले पनि इजरायली प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो खबर पुष्टि गरेको छ। ती प्रवक्ताका अनुसार, शुक्रबार राति इरानी क्षेप्यास्त्र आक्रमणले तेल अभिभ नजिकैको उपनगरीय क्षेत्रमा हमला गर्दा ती महिलाको घटनास्थलमै मृत्यु भएको हो। शनिबार बिहान सबेरै फेरि इरानले इजरायलमाथि थप आक्रमण गरेको छ । इरानबाट पुनः क्षेप्यास्त्रहरूको बर्सात भएपछि लाखौँ इजरायलीहरू बंकर र सुरक्षित स्थलतर्फ भागेका थिए। आकाशमा अनेक क्षेप्यास्त्र अवरोध गरिएको आवाज सुन्न सकिन्थ्यो, साथै केही ठुला विस्फोटका आवाजहरूले आक्रमण भएको सङ्केत दिइरहेका थिए। यसैबीच सामाजिक सञ्जालहरू...
मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ
अर्थ, विश्व, समाचार

मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ

नेपालअखबार,न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३४ प्रतिशत धेरै हो । सोही दिन अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो । बिहीबारको कारोबारमा तेलको दुवै बेञ्चमार्कको भाउ बढेर अप्रिलको शुरुआती दिनयताकै उच्च स्तरमा पुगेका थिए । पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक)को दोस्रो ठुलो तेल उत्पादक हो इराक । अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स कि...
ट्रम्पबारे गरेका केही पोस्टप्रति पछुताइरहेछन् मस्क
विश्व, समाचार

ट्रम्पबारे गरेका केही पोस्टप्रति पछुताइरहेछन् मस्क

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो बिग्रिएको सम्बन्धबारे खर्बपति व्यापारी एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पबारे गरेका केही पोष्टप्रति मस्कले सामाजिक सञ्जालमार्फत पछुतो जनाएका हुन् । सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहँदा दुवैले एक अर्काले भन्न हुने नहुने सबै कुरा भनेका थिए । मस्कले ह्वाइट हाउसमा आफ्नो जिम्मेवारी त्यागेपछि ट्रम्पसँगको उनको सम्बन्ध जगजाहेर भएको थियो । ट्रम्पको कर विधेयकलाई मस्कले घृणित भनेका थिए । बुधबार न्यूयोर्क पोष्टसँगको एउटा अन्तरवार्तामा ट्रम्पले मस्कसँग सम्भावित मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो पोस्ट आएको हो । दुई जनाको सम्बन्ध  बिग्रिएको देखेर आफू केही निराश बनेको तर उनीप्रति आफ्नो मनमा कुनै कटुता नभएको ट्रम्पले भनेका थिए । आफ्ना बारेमा जे जे बोले त्यसप्रति मस्क आफैँलाई पनि नराम्रो लागिरहेको होला भनेर ट्रम्पले भनेका थ...