इसराइली आक्रमणबाट इरानको इभिन जेलमा ७१ जना मारिएको रिपोर्ट
नेपालअखबार,काठमाडौं । इसराइलले इरानको जेलमा गरेको आक्रमणमा ७१ जना मारिएको खुलेको छ।
इसराइल-इरान तनावबीचगत आइतबार इसराइलले इरानको इभिन जेलमा गरेको हवाइ आक्रमणमा परी ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाका प्रवक्ता अस्घर जहांगिरलाई उद्धृत गरेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ।
इभिन जेल कुख्यातदेखि राजनीतिक बन्दीसम्म राखिने जेल हो। त्यहाँ बन्दीहरूलाई अत्यन्त कठोर यातना दिने गरिन्थ्यो भनेर न्युयोर्क टाइम्सले जनाएको छ।
आइतबारको इसराइली हमलामा मारिनेहरुमा थुनुवा मात्रै छैनन्, उनीहरूलाई भेट्न आएका आफन्तदेखि कर्मचारीहरू समेत परेका छन्।
पारिवारिक संवेदनशीलतालाई मधेनजर राख्दै मृतकको नाम र पहिचान सार्वजनिक गरेको नगरिएको प्रवक्ता जहांगीरले बताएका छन्।
इसराइलली रक्षा मन्त्रालय र इसराइली डिफेन्स फोर्सले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
न्युयोर्क टाइम्सले त्यो ज...









