Thursday, July 30

विश्व

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा
राजनीति, विश्व, समाचार

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

नेपालअखबार, काठमाडौँ । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् । मंगलबार सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सिसिटिभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् । गाहरमन बाल्यकालमा परिवारसहित इरा...
पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु
राजनीति, विश्व, समाचार

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

नेपालअखबार, काठमाडौं । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ । पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।...
जापानको एयरपोर्टमा विमान ठोक्कियाे
दुर्घटना, विश्व, समाचार

जापानको एयरपोर्टमा विमान ठोक्कियाे

नेपालअखबार, काठमाडौं । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान भर्ने बेला क्याथे प्यासेफिक एयरको विमानसँग ठोक्किएका थिए । कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए । दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।...
कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या छत्तीस पुग्यो
विश्व, समाचार

कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या छत्तीस पुग्यो

नेपालअखबार, कोलम्बिया । उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको  सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् । यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए । राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ । पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ । कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टा भन्दा बढी तीव्र वर्षा पछि पहिरो गएको थियो । प्रशासन कार्यालयले थप पहिरोको उच्च जोखिमबारे चेतावनी दिएको छ । कार्या...
भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा
राजनीति, विश्व, समाचार

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा

नेपालअखबार, काठमाडौं । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सत्तामा फर्किएको छ । मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए । भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले पीडीपीले ४७ मध्ये ३० सिट जितेको जनाएको छ । अर्कोतर्फ पूर्व कर्मचारी पेमा चोबाङ्ग नेतृत्वको भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ सिटमा सीमित भएको छ । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम परिणाम घोषणा गर्दैछ । सन् २००८ मा भुटानले राजाको प्रत्यक्ष शासन त्यागेर संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको थियो । त्यसयता भुटानमा भएको यो चौथो चुनाव हो । तत्कालीन राजा जिग्मे सिङ्घे वाङ्गचुकले आफ्ना छोरा जिग्मे खेसर न...
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो
राजनीति, विश्व, समाचार

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

नेपालअखबार, गाजा । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्। गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् । यसैबीच इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको थियो ।...
इरान बम विस्फोट अपडेट : ७३ जनाको मृत्यु
विश्व, समाचार

इरान बम विस्फोट अपडेट : ७३ जनाको मृत्यु

नेपालअखबार, तेहरान । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ । सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् । सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उहाँलाई गाडिएको छ । बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए । केरमानका उप गभर्नरले विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेका छन् । सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा एक सय ७० जना घ...
नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय
प्रशासन, विश्व, समाचार

नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय

नेपालअखबार, ढाका । बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानुन उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् । न्यायाधीशले युनुससहित अरू ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानुन उल्लङ्घन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए । न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए । न्यायाध...
दक्षिण कोरिया: विपक्षी दलका नेतामाथि चक्कु प्रहार
राजनीति, विश्व, समाचार

दक्षिण कोरिया: विपक्षी दलका नेतामाथि चक्कु प्रहार

नेपालअखबार, सोल। दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए ।...
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो
विश्व, समाचार, समाज

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

नेपालअखबार, जापान ।  जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए । सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारयता जापानमा १ सय ५५ पराकम्प गएका छन् ।...