Wednesday, June 3

विश्व

इजरायल हमास संघर्षबारे छलफल गर्न इस्लामिक देशको बैठक बस्ने
राजनीति, विश्व, समाचार

इजरायल हमास संघर्षबारे छलफल गर्न इस्लामिक देशको बैठक बस्ने

नेपालअखबार, काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ । साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो । एक हप्ताअघि गाजाको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ युद्धको स्थिति छ । इजरायलले गाजाको आधा भूभाग खाली गर्न स्थानीयबासिन्दालाई निर्देशन दिएको छ । ५७ वटा इस्लामिक देश सदस्य रहेको ओआईसीको बैठकमा मध्यपूर्वको स्थिरिता र सुरक्षाका बारेमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बैठकमा ५७ वटै सदस्य देशका विदेशमन्त्री सहभागी हुने तयारी छ ।...
इजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो
विश्व, समाचार

इजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो

नेपालअखबार, काठमाडौँ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो । ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा तथा त्रासमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो । दूतावासले उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो । यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न सकिनेछ ।...
कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्रपतिको कुकुरलाई घर निकाला
विश्व, समाचार

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्रपतिको कुकुरलाई घर निकाला

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो । जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ । गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो । यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ । प्रथम महिलाकी प्रवक्ता एलिजाबेथ अलेक्जेन्डरले गत बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्-ह्वाइट हाउसमा काम गर्ने तथा दिनहुँ आफूहरुको सुरक्षा गर्ने व्यक्तिहरुको सुरक्षाप्रति राष्ट्रपति र प्रथम महिला निकै गम्भीर हुनुहुन्छ । उहा...
इजरायल-हमास लडाइँ: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
विश्व, समाचार

इजरायल-हमास लडाइँ: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

नेपालअखबार, एजेन्सि। इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी  कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ। तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए। ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्छौं,’ उनले भनेका छन्। हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताएको छ। हमासको आक्रमणपछि इजरायलले...
इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान
विश्व, समाचार

इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

नेपालअखबार, काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु भएको जनाइएको छ तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेको दूतावसले जनाएको छ । दूतावसले हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत  सबैलाई आह्वान गरेको छ । Embassy of Nepal, Tel Aviv ponrtSdesohahum0161il8t0igufli13913l01a403ui2ua198lmc161a072  ·  हार्दिक श्रद्धान्जली ! “Learn and Earn” कार्यक्रममार्फत् गत महिना मात्रै ईजरायल आइपुग्नुभएका मध्ये दक्षिणी इजरायलको Sedot Negev Agriculture Center अन्तर्गत Kibbutz ...
इजरायल-हमास लडाइँमा अहिलेसम्म ४५० जनाको मृत्यु
विश्व, समाचार

इजरायल-हमास लडाइँमा अहिलेसम्म ४५० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन्। इजरायली अधिकारीहरूले  ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन्। हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री  बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन्। उनले अझै केही दिन युद्ध...
अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु
विश्व, समाचार, समाज

अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु

नेपालअखबार, काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।...
हमासद्वारा इजरायलमाथि आक्रमण, कम्तीमा २३ जनाको मृत्यु
विश्व, समाचार

हमासद्वारा इजरायलमाथि आक्रमण, कम्तीमा २३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्। हमासले रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ। यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन्। उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन्। ‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन...
४५ वर्षीय सिभिल इन्जिनियर मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित
राजनीति, विश्व, समाचार

४५ वर्षीय सिभिल इन्जिनियर मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

नेपालअखबार, काठमाडौं । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् । प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको बीबीसीले जनाएको छ । निवर्तमान राष्ट्रपति सोलिह भने भारतसँग सम्बन्ध सुधार हुनुपर्छ भन्ने विचार राख्दथे । उनले भारतसँग सम्बन्ध बलियो बनाउने कोसिससमेत गरेका थिए । नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको जन्म १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा लागेका थिए ।...
इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु
विश्व, समाचार, समाज

इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान छ । त्यतिबेला दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए । इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् । इराकको समाचार एजेन्सी निनाले घटनास्थलको फोटो सार्वजनिक गरेको छ । त्यसमा अग्निनियन्त्रकहरु आगो निभाउन खटिएको देखिएको छ । सामाजिक सन्जालमा पनि आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।...