Wednesday, June 3

विश्व

डेनमार्कले युक्रेनलाई एफ–१७ लडाकु विमान दिने, रुसको चेतावनी
विश्व, समाचार

डेनमार्कले युक्रेनलाई एफ–१७ लडाकु विमान दिने, रुसको चेतावनी

नेपालअखबार, मस्को । डेनमार्कका लागि रुसी राजदूतले डेनर्माकले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने प्रस्तावले थप ‘द्वन्द्व’ सिर्जना हुने चेतावनी दिएका छन् । आइतबार डेनिस प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले युक्रेनलाई यो र आगामी वर्षभित्र १९ वटा एफ–१६ विमान सहयोग गर्ने घोषणा गरेकी थिइन् । हामी आज युक्रेनलाई १९ वटा एफ–१६ विमान दिने घोषणा गर्दछौँ । डेनिस विमानले युक्रेनलाई आफ्नो आकाश सुरक्षित राख्न मद्दत मिल्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भनेकी थिइन् । आगामी नयाँ वर्षभित्र ६ वटा, अर्को वर्ष ८ वटा र त्यसपछि थप ५ वटा लडाकु विमान युक्रेनलाई दिने योजना रहेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री फ्रेडेरिक्सनले जानकारी दिएकी थिइन् । त्यस्तै, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले पनि युक्रेनलाई एफ–१६ लडाकु विमान प्रदान गर्ने जानकारी दिएका थिए । यसबारे प्रतिक्रिया दिँदै राजदूत भ्ल...
१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल भत्कियो
विश्व, समाचार

१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल भत्कियो

नेपालअखबार, काठमाडौं । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ । शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्री तटमा अवस्थित थियो । सिन्ह्वाको सहयोगमा...
जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
विश्व, समाचार

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

नेपालअखबार, टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा सहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । जेएमएले मानिसहरुलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।-(रासस/सिन्ह्वा)...
हवाईमा तबाही : इतिहासकै घातक प्राकृतिक प्रकोपमा मर्नेको सङ्ख्या ६७ पुग्यो
विश्व, समाचार, समाज

हवाईमा तबाही : इतिहासकै घातक प्राकृतिक प्रकोपमा मर्नेको सङ्ख्या ६७ पुग्यो

नेपालअखबार, हवाई । हवाईको जंगलमा लागेको डढेलोले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । यससँगै राज्यको इतिहासमा सबैभन्दा घातक प्राकृतिक प्रकोप बनाएको छ। अझै सयौँ बेपत्ता भएको रिपोर्ट गरिएको छ भने मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । आगलागीबाट क्षतिग्रस्त सहर लाहाइनाका केही बासिन्दाहरूलाई उनीहरूको क्षतिको विवरण लिन शुक्रबार छोटो समयका लागि घर फर्कन अनुमति दिइएको छ । चेतावनीहरू बीच घर फर्किँदा उनीहरूलाई आफ्नो जीवनमा कहिल्यै नदेखेको विनाशले स्वागत गरेको थियो । यस हप्ताको सुरुमा डढेलो तीव्र गतिमा फैलिएपछि ऐतिहासिक सहरको धेरैजसो भाग ध्वस्त बनेको छ । राज्यका अधिकारीहरूले पहिलो पटक शुक्रबार बसोबासको प्रमाणसहित लाहाइनालाई पुनः खोलेका थिए। स्थानीय समय अनुसार राति १० बजे देखि बिहान ६ बजेसम्म दैनिक कर्फ्यु लागू हुनेछ । सहरका केही सबैभन्दा बढी प्रभावित भागहरूमा अझै प्रवेश निषेध ग...
ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
विश्व, समाचार

ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन प्रभावित

नेपालअखबार, नर्वे । नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरूलाई उद्धार गरेको थियो । आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ । नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति नष्ट भएको छ । ११४ स्थानका सडक खण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध विच्छेद्य बनेका छन् । नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेक...
अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता
विश्व, समाचार

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

नेपालअखबार, काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् । हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ । यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् । उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आ...
टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?
विश्व, समाचार

टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?

नेपालअखबार, काठमाडौं । गत फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प पूर्वचेतावनी प्रणाली असफल भएको र धेरै टर्किस बासिन्दाहरुसम्म पुग्न नसकेको खुलासा भएको छ । बीबीसीले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो । गुगलका अनुसार उसको पूर्वचेतावनी प्रणालीले भूकम्पको धक्का आउनुभन्दा एक मिनेट अगाडि नै प्रयोगकर्ताको फोनमा सूचना दिन्छ । सोही बमोजिम सबैभन्दा ठूलो तथा पहिलो धक्का आउनु अगाडि दशौँ लाखको फोनमा त्यस्तो अलर्ट पठाइएको दाबी गुगलको छ । तर, बीबीसीले भूकम्प प्रभावित मुख्य तीनवटा सहरको स्थलगत भ्रमण गरेर सयौँ मानिसहरुसँग कुराकानी गर्दा आफले फोनमा गुगलले पठाएको त्यस्तो पूर्वसूचनाको मेसेज पाएको भन्ने एकजना पनि भेटिएनन् । गुगलको यो पूर्वचेतावनी प्रणाली एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ तर आइफोनमा भने उपलब्ध छैन । जबकि टर्कीमा स्मार्टफोन बजारमा ८० प्रतिशत हिस्सा एन्ड्रोइड फ...
सिङ्गापुरमा १० दिनमा ३ जनालाई फाँसी
विश्व, समाचार

सिङ्गापुरमा १० दिनमा ३ जनालाई फाँसी

नेपालअखबार, सिङ्गापुर  । लागूऔषध तस्करीको आरोपमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन्  । ५५ ग्राम हेरोइनसहित २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफ रहेको छ, जसलाई बिहिबार फाँसी दिईएको हो । केन्द्रीय नार्कोटिक्स ब्यूरो (सिएनबी) ले एक विज्ञप्तिमा दोषीलाई बिहीबार सजाय सुनाएको जनाएको छ। अदालतका कागजातका अनुसार मोहम्मद सालेहले २०१६ मा पक्राउ गर्नुअघि डिलिवरी चालकको रूपमा काम गरेका थिए। सुनुवाइका क्रममा उनले आफूले लागुऔषध तस्करी नभई साथीको निर्देशनमा चुरोट पु¥याइरहेको दाबी गर्दै आएका थिए । कोभिड–१९ को महामारीमा दुई वर्षको ब्रेकपछि २०२२ को मार्चमा सरकारले फेरि देशमा मृत्युदण्डको सजाँय सुरु गरेको छ । जसका कारण अहिलेसम्म १६ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । योसँगै अदु...
वर्डक्याम्प काठमाडौँ २०२३ को तयारी तीव्र
विश्व, समाचार

वर्डक्याम्प काठमाडौँ २०२३ को तयारी तीव्र

नेपालअखबार, काठमाडौँ । नेपाल–वर्डप्रेस कम्युनिटीले 'वर्डक्याम्प काठमाडौं २०२३' गर्ने भएको छ । आउँदो भदौ २२ र २३ मा काठमाडौंको गैरीधारामा कार्यक्रम गर्न लागिएको हो । वर्डक्याम्प काठमाडौं २०२३ डेभलपर, डिजाइनर, ब्लगर, वा प्लेटफर्मको असीमित सम्भावनाहरू अन्वेषण गर्ने प्रयोगकर्ता वा वर्डप्रेसको बारेमा उत्साही सबैका लागि उपयोगी हुने आयोजकको भनाइ छ । वर्डप्रेसका सबैस्तरका सीपहरू पूरा गर्न तयार पारिएको यो बृहत् कार्यक्रम समृद्ध सत्रहरू र नेटवर्किङ अवसरहरूले भरिएको  हुने जनाइएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेब डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि इ-कमर्स सम्बन्धी ज्ञानहरुबारेमा समेत कार्यक्रममा जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । वर्डप्रेसमा आफ्नो...
पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो
विश्व, समाचार

पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो

नेपालअखबार, एजेन्सि।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्। ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सन् २००५ मा विवाह गरेका थिए। ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई  भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्। सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्। ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो। ट्रुडो र सोफीका तीन सन्तान छन्। छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर  छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा पनि केही समय बिताउने बताइएको छ। ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति प...