Friday, July 3

विश्व

अमेरिकामा दुई दिनभित्रै दोस्रोपटक गोलीबारी
विश्व, समाचार

अमेरिकामा दुई दिनभित्रै दोस्रोपटक गोलीबारी

नेपालअखबार, एजेन्सि। अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना भएको छ । सान माटेओ काउन्टी शेरिफको कार्यालयका अनुसार धेरै व्यक्ति घाइते भएका छन् र एक संदिग्धलाई हिरासतमा लिइएको छ । दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो । हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटर टाढा छ । घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ । अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेसनको पार्किङमा फेला पारेको जानकारी दिएको छ र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यसै कारबाट बरामद भएको थियो ।...
लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिको शव भ्यानमा भेटियो
विश्व, समाचार

लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिको शव भ्यानमा भेटियो

नेपालअखबार, काठमाडाैं । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन्। पुलिसले घेरा हालेपछि उनले आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ । शनिबार राति अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोली चलेको हो । यस गोलीकाण्डमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १० भन्दा बढी घाइते भएका छन् । त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए । प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध-स्वचालित पेस्तोल  पनि फेला पारेको छ । उक्त हतियार प्रहरीले लस एन्जलस गोलीकाण्डमा प्रयोग भएको आशंका गरेको छ। यद्यपि यसबारे प्रहरीले कुनै पुष्टि गरेको छैन । स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएका हुन् । ...
तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन
पर्यटन, विश्व, समाचार

तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन

नेपालअखबार, डेन्पसार । कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् । चीनको ग्वाङडोङ प्रान्तको सेञ्जेनबाट इण्डोनेशियका लायन एयरले चार्टर गरेको विमानबाट बाली आएका चिनियाँ पर्यटकले कोभिड–१९ नियन्त्रणका खातिर जारी गरिएको निषेधाज्ञा हटाएर पुनः अन्तर्राष्ट्रिय यात्राको अनुमति प्राप्त भएकामा आफूहरू हर्षित भएको बताए । चिनियाँ पर्यटक एन पेइले लामो समयपछि यात्रा गर्न पाएकामा आफूलाई आनन्दानुभूति भएको बताइन् । नयाँ वर्षलाई दृष्टिगन गरी चीन सरकारले गत पुस ८ गते यात्रा प्रतिबन्ध हटाएको थियो । गत आइतबार चीनभर नयाँ वर्ष मनाइएको थियो । लायन एयरले प्रारम्भिक चरणमा सेञ्जेन– बाली उडान सातामा एकपटक गर्ने बत...
बाइडेनको घरमा एफबीआईको छापा, गोप्य सरकारी दस्ताबेज बरामद
विश्व, समाचार

बाइडेनको घरमा एफबीआईको छापा, गोप्य सरकारी दस्ताबेज बरामद

नेपालअखबार, डेलावेयर । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ ।  डेलावेयरस्थित वाइडेनको घरमा १३ घन्टासम्म चामा मारिएको र गोप्य सरकारी दस्ताबेजहरू जफत गरिएको एपीले जनाएको छ। राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्। बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने। बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्। राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ। जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो। पूर्व रा...
न्युजिल्याण्डमा ४४ वर्षे हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने
राजनीति, विश्व, समाचार

न्युजिल्याण्डमा ४४ वर्षे हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

नेपालअखबार, काठमाडाैं । क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ। सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उनी नोभेम्बर २०२० मा कोभिड-१९ विशेष मन्त्री बनेका थिए।  हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन्। शुक्रबार अर्डर्नले आगामी महिनाबाट प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी  थिइन्। उनले पदछोडेसँगै हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्नेछन्। न्युजिल्याण्डमा आगामी अक्टुबरमा आम चुनाव हुँदैछ। प्रधानमन्त्री बन्नुअघि उनलाई प्रतिनिधिसभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ। यदि उनले उक्त समर्थन पाएमा अर्डर्नले ७ फेब्रुअरीमा गभर्नर जनरललाई राजीनामा बुझाउने छिन्। त्यसपछि हिपकिन...
धूमपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोमा कठोर व्यवस्था
विश्व, समाचार

धूमपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोमा कठोर व्यवस्था

नेपालअखबार, काठमाडाैं । मेक्सिकोले सार्वजनिक स्थलमा धुमपानमा पूर्ण प्रतिबन्ध लगाउन विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। मेक्सिकोमा सन् २००८ मा ल्याइएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो। अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छन्। सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ। अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन। सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको हो। नयाँ कानुन अनुसार अब धूमपान गर्ने व्यक्तिले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै ...
न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने
विश्व, समाचार

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

नेपालअखबार, काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् । उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।   आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् । सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् । आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती...
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
दुर्घटना, विश्व, समाचार

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

नेपालअखबार, काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।...
क्यालिफोर्नियामा गोली चल्दा ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु
विश्व, समाचार

क्यालिफोर्नियामा गोली चल्दा ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिस (TCSO) को फेसबुक पेजमा पोस्ट गरिएको थियो । मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए ।  यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।...
डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?
विश्व, समाचार

डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?

नेपालअखबार, एजेन्सि । डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। डिसेम्बरमा न्यायाधीशहरूले ट्रम्प संगठनलाई धोखाधडी र व्यापारको रेकर्डमा छलछाम गरेकोमा दोषी करार गरेका थिए । कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ तर उनी र उनको परिवार मुद्दाको हिस्सा भने थिएनन् । यस मामलामा आरोपित कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकारी एलन वेसेलबर्ग मात्र थिए । पूर्व राष्ट्रपति र उनका छोराछोरी विरुद्ध न्यूयोर्कमा छुट्टै मुद्दा सहित धेरै आरोपमा मुद्दा चलिरहेको छ। ट्रम्प अर्गनाइजेसनका दुई सहायक कम्पनीहरू - ट्रम्प कर्प र ट्रम्प पेरोल कर्पोरेशन - आफ्ना शीर्ष अधिकारीहरूलाई लक्जरी कार र निजी विद्यालय शुल्कजस्ता अघोषित लाभहरू १५ वर्षसम्म प्रदान गरेकोमा दोषी पाइएको छ । यी सुविधाका कारण तलब घटेको र त्यसका कारण कम्पनीले कम कर तिर्नुप...