नेपालअखबार, काठमाडौं। उच्च शिक्षाका लागि विदेश जानेहरुका लागि क्याम्ब्रिजले ‘एड्मिसन मन्थ’ सुरु गरेको छ । क्याम्ब्रिजले डिसेम्बर ३ देखि जनवरी ३ सम्मकालागि ‘एड्मिसन मन्थ’ गर्न लागेको हो ।
एक महिनाभर चल्ने ‘एड्मिसन मन्थ’मा अध्ययनका लागि क्यानडा, यूके र अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई सहि सूचना र परामर्श दिइने क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘एड्मिसन मन्थ’मा क्यानडा, यूके र अस्ट्रेलियाका युनिभर्सिटी, कलेजका बारेमा सत्यतथ्य जानकारी दिन तथा भिजा प्रक्रिया, लागत, छात्रवृत्ति लगायतका बारेमा सम्बन्धीत कलेज र युनिभर्सिटीहरुका प्रतिनिधिहरुबाटै परामर्श दिइनेछ ।
‘डिसेम्बर ३ देखि ३ जनवरी २०२४ सम्म एक महिना ‘एड्मिसन मन्थ’ घोषणा गरेका छौं । यी दिनहरुमा क्याम्ब्रिजका सबै शाखाहरुमा विद्यार्थीहरुले दक्ष, अनुभवी शैक्षिक परामर्शदाताबाट परामर्श पाउन सक्नुहुन्छ । साथै, क्यान...