कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने
नेपालअखबार,चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा लगानी गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउने उद्देश्यले उनीहरुबाट प्रस्तावित व्यवसायिक योजनामा लगानी गर्ने भएको हो ।
विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विद्यार्थीहरूबाट २०८२ असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईका अनुसार विश्वविद्यालयले ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’को नाममा विद्यार्थीहरुका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने जानकारी दिए ।
‘विद्यार्थीहरूबाट आउने व्यवसायिक योजनाहरू हेरेर प्रतिव्यवसाय ५ लाख रुपैयाँ लगानी गर्छौं,’ निर्देशक प्रा.डा.भट्टराईले भने, ‘कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य संकाय र वन संकायमा स्न...









