दाताको रकमबाट किनिएको ‘बाइबल तालिम केन्द्र’को जग्गा गोप्य रूपमा बिक्री ?
नेपालअखबार,काठमाडौं । नेपाली इसाई समुदायका लागि नेपालकै पहिलो बाइबल तालिम केन्द्र स्थापना गर्ने उद्देश्यले विभिन्न दातृ संस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा खरिद गरिएको काठमाडौं ,जाेरपाटी ४,स्थित कित्ता नं. ४(घ), प्लट नं. ११ को जग्गा अन्ततः सम्बन्धित संस्थालाई हस्तान्तरण नगरी गोप्य रूपमा राष्ट्रिय मण्डली सङ्गति नेपाल (NCFN) लाई बिक्री गरिएको तथ्य बाहिर आएको छ।
उक्त जग्गा प्रारम्भमा “नेपाल बाइबल आश्रम” नामक संस्थाका लागि खरिद गरिएको भए पनि कानुनी र राजनीतिक परिस्थितिका कारण तत्काल संस्थागत दर्ता हुन नसकेपछि मंगलमान महर्जन, शान्ति राणा र रमेश खत्रीको संयुक्त नाममा राखिएको थियो।
पछि “नेपाल धर्म विज्ञान” नामक संस्था दर्ता भएपछि, सोही जग्गा उक्त संस्थाको नाममा सार्नका लागि ती तीनै जनाले २०६४/०१/२५ गते कुनै रोकतोक नगरी नामसारी गर्न मञ्जुरीनामा दिएको देखिन्छ। यसले उक्त सम्पत्ति व्यक्तिगत नभई ...










