Monday, July 13

समाचार

आयाेगले लियाे निर्वाचनको सुरक्षा तयारीबारे जानकारी
प्रशासन, समाचार

आयाेगले लियाे निर्वाचनको सुरक्षा तयारीबारे जानकारी

नेपालअखबार,  काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सबै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रित रहेको उनले बताए । त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरोकारवाला लगायतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए । आचारसंहिता लागू हुने मिति भने केहि दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सबैले ...
रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, नाका १७ पुसदेखि खुल्ने
प्रशासन, समाचार

रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, नाका १७ पुसदेखि खुल्ने

नेपालअखबार, काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ । २४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो । साथै, सडक सम्पर्क समेत विच्छेद भएको थियो । अधिकारीका अनसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ । चिनियाँ समकक्षी पक्षले रसुवास्थित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार १ जनवरीदेखि नाका सूचारु हुने निश्चित भएको हो । नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्...
आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ
राजनीति, समाचार

आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ । आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसैमा आधारित रहेर आयोगले आज छलफल गरेको हो । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव केदारनाथ शर्मा, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका एआईजी उमा चतुर्वेदी, सशस्त्रका एआईजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी ओम जोशी छलफलमा सहभागी थिए । यही १६ पुसदेखि सात वटै प्रदेश कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखेर राष्ट्रिय सभाको निर्वाचन तयारी सुरु गरिँदैछ ।...
आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने
प्रशासन, राजनीति, समाचार

आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ। दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ। उम्मेदवारको बन्द सूची पेस गर्दा ऐनले तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई भनिसकेको छ। आयोगले दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जनाएको छ। आयोगले साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्व...
मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
अपराध, समाचार, समाज

मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

नेपालअखबार, विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ ।मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरे ।...
रवि लामिछाने र बालेन शाहबीच भएको बृहत एकता सम्बन्धी ७ बुँदे सहमति यस्तो छ
राजनीति, समाचार

रवि लामिछाने र बालेन शाहबीच भएको बृहत एकता सम्बन्धी ७ बुँदे सहमति यस्तो छ

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। सहमतिमा बालेन शाह प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन्। रवि लामिछाने भने पार्टीको सभापति हुने भएका छन्। हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल,  शिशिर खनाल,  असिम शाह र बालेन शाह पक्षका कुमार बेन,  केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदीप ढकाल लगायत उपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच 'बृहत् एकता' सम्बन्धी सहमति सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीति...
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सूचीलाई अन्तिम रूप दिने तयारी
राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सूचीलाई अन्तिम रूप दिने तयारी

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज  बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए । आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ । बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।...
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
राजनीति, समाचार

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

नेपालअखबार,काठमाडौँ  । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।' एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रत...
बालकोटबाट एमाले परित्याग गरि आएका नवयुवाहरुलाई अब भक्तपुर नेकपामय बनाउन निर्देशन :सहसंयोजक नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

बालकोटबाट एमाले परित्याग गरि आएका नवयुवाहरुलाई अब भक्तपुर नेकपामय बनाउन निर्देशन :सहसंयोजक नेपाल

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपाल तोकिएकै समयमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनु नै देशको हितमा रहेको बताउनु भयो । वर्तमान राजनिति र स्थायीत्वका लागि निर्वाचनको विकल्प नरेहको बताउनु भयो । आज भक्तपुर निर्वाचन क्षेत्र भक्तपुर २बाट नेकपा एमाले परित्याग गरी करिब एक दर्जन नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका नयाँ कार्यकर्तालाई स्वागत गर्दै नेकपा एमाले पार्टी नेतृत्वका कारण नै संकटमा बताउनु भयो । बालकोटबाट एमाले परित्याग गरि आएका नवयुवाहरुलाई अब भक्तपुर नेकपामय बनाउन निर्देशन दिनु भयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्वसाधारण जनताको पार्टि भएका कारण नै नवयुवाहरुको आर्कषणका केन्द्र बनेको छ । देशभरिवाट नेकपामा युवाहरु पार्टीमा जुटि रहेको क्रम जारी रहेको छ । भक्तपुर बालकोटबाट आज एमालेलाई परित्याग गरेका आएका युवालाई ...
रसुवागढी नाका जनवरी १ देखि खुल्दै
अर्थ, प्रशासन, समाचार

रसुवागढी नाका जनवरी १ देखि खुल्दै

नेपालअखबार, काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन  कार्यालय रसुवाले जनाएको हाे । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहीबार (जनवरी १) देखि बेलिब्रिज सञ्चालनमा आउने रातोपाटीलाई जानकारी दिए । ‘जनवरी १ देखि बेलिब्रिज सञ्चालन हुने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ,’ पन्थीले भने, ‘आधिकारिक रूपमा भने आएको होइन । उहाँहरूले सामाजिक सञ्जालमा राखिसक्नु भएको छ । त्यसैलाई आधिकारिक मान्नु पर्ने देखियो ।’ बेलिब्रिज सञ्चालनमा आएपछि नाका पनि खुला हुने उनको भनाइ थियो । गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो ।...