Monday, July 13

समाचार

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’
प्रशासन, समाचार, समाज

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’

नेपालअखबार, काठमाडौं।  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो। सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्...
रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु
समाचार, समाज

रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु

नेपालअखबार, काठमाडौं ।  उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतमा लगभग २२ हजार जंगली हात्तीमध्ये ४ हजार भन्दा बढी रहेको आसम राज्यमा शनिबार भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ। असमका  वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीलाई उदृध गर्दै एएफपीले सात वटा हात्तीहरुको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ। मिजोरम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ। अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणली लागू गरेको भए पनि  पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए। रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता प...
नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु
समाचार, समाज

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

नेपालअखबार,विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय
राजनीति, विदेश, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

नेपालअखबार, काठमाडौं। पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय सजाय सुनाएको छ। शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग गरेको मुद्दामा पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमति बुशरालाई १७/१७ वर्षको जेल सजाय सुनाएको हो। यो मुद्दा सन् २०२१ मा साउदी युवराजले दिएको महँगो गहनासेटसँग जोडिएको भनेर पाकिस्तानी अनलाइन डनले लेखेको छ। करिब ८० करोड रुपैयाँ पर्ने गहना इमरानले २ करोड ९० लाखमा किनेको आरोप प्रमाणित भएको अदालतको ठहर छ। अदालतले यसलाई सरकारी उपहार आफ्नो फाइदामा दुरुपयोग गरेको मानेको छ। फैसला रावलपिन्डोको अदियाला जेलमै सुनाइयो, जहाँ इमरान पहिले नै अर्को  भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय काटिरहेका छन्। नयाँ १७ वर्षको सजाय पुरानो सजाय सकिएपछि मात्रै सुरु हुने  पनि पाकिस्तानका सञ्चारमन्त्री अत...
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
राजनीति, समाचार

भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक  भारत भ्रमण हो । भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् । उनी पुस ९ गते नेपाल फर्किने तालिका छ । डा. भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने स्वकीय सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।...
उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने
प्रशासन, राजनीति, समाचार

उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय  तथा यात्रिक शक्...
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दुर्घटना, समाचार

गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालअखबार, विराटनगर । पूर्व-पश्चिम राजमार्गको   बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ  चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे५प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर– ७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले  मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ
राजनीति, विदेश, समाचार

बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ

नेपालअखबार, ढाका । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्। यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेका छन्। यस घटनामा र्‍यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् । स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ। यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो। भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो । दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् । पक्राउ परेका अभियुक्तहरूको नाम सार...
अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद
समाचार, समाज, हाइलाइट-समाचार

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद

नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । हजयात्राको क्रममा आवस र मोअल्लिमको खर्च विगतमा भन्दा यस वर्ष रु दुई सय सउदी रियाल कम गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो । वर्तमान अवस्थामा विश्वमा नै महंगी बढ्दै गएको भएता पनि जति सक्दो कमदरमा हजयात्रा सफल पार्न लागि परेको बताउदै विगतमा आवासका लागि रु २५५० सउदी रियाल लिएको थियो भने यसपटक रु २४५०  सउदी रियालमा मात्रै सम्झौता गरिएको छ । मोअल्लिमसंग गत बर्ष रु २४५० सउदी रियालमा यसवर्ष रु२३५० सउदी रियालमा मात्रै सम्झौता भएकोगरिएको छ । मोअल्लिमसंग गत बर्ष भन्दा 100 सउदी रियाल कम गराएर एग्रिमेन्ट गरेको र मिना क्याम्पमा नेपाली हाजीहरु सधैं D लेभेलको सुबिधा पाउने गरेकोमा यस बर्ष D+ लेभेलको पाउने...
कानुन दोषरहित हुन्छ भन्न सकिँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
समाचार, समाज

कानुन दोषरहित हुन्छ भन्न सकिँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा कानुनहरू तर्जुमा हुनुपर्छ । कानुनहरू बनाउने र टेबुलमा थन्क्याउने यो कानूनको उद्देश्य होइन । नीति, निर्देशिका, कार्यविधि, ऐनहरू पनि धेरै बनेको देख्छु, ती कानुनहरू कति कार्यान्वयन भए, जनतालाई कति सुनाइयो, भन्ने मौका पाए पाएनन्,’ उनले भने, ‘सरलीकृत रुपमा जनतालाई बुझाउने प्रयास भयो की भएन ? सरलीकृत नभए संशोधन गर्नुपर्छ । एक पटक बनाएर कुनै ऐन पूर्ण हुन सक्दैन । जतिसुकै वर्ष...