Tuesday, July 14

समाचार

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या
कृषि, समाचार, समाज

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

नेपालअखबार,चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठाइएको र १६ गते नतिजा आएको उनले बताए। कार्यालय प्रमुख डा न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिए । उनले भने, “रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ । अब जिल्लाभरिनै अभियान चलाउने योजना छ ।” भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज...
कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन
समाचार, समाज

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए। उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए। पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।...
एमालेको बन्दसत्र १२ बजेपछि
राजनीति, समाचार

एमालेको बन्दसत्र १२ बजेपछि

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो । नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ ।  यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।...
निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
प्रशासन, राजनीति, समाचार

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहौलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत काँग्रेसले छनोट गरिरहेक...
आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास
खेलकुद, समाचार

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् । जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् । यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल...
सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग
खेलकुद, समाचार

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

नेपालअखबार,पोखरा । सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए । शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्ग...
पोखरामा प्रस्तुति दिन आइपुगे चर्चित भारतीय कलाकार सञ्जु राठोड
समाचार, समाज

पोखरामा प्रस्तुति दिन आइपुगे चर्चित भारतीय कलाकार सञ्जु राठोड

नेपालअखबार, पोखरा। ‘पोखरा विन्टर फेष्ट’ विन्टर फेष्टमा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् । पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा शनिबार साझ ८ बजेबाट सुरु हुने फेस्टका लागि राठोड पोखरा आइपुगेका हुन् । प्रचार नेपाल, अर्बिट्रेरि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा हुने फेष्टमा राठोडसहितका कलाकारले प्रस्तुति दिनेछन् । राठोडका गुलाबी सारी, सन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ ।...
एमाले चुनावबाट भाग्दैनः ओली
राजनीति, समाचार

एमाले चुनावबाट भाग्दैनः ओली

नेपालअखबार, काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे । अध्यक्ष ओलीले भने,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो ।...
एमाले–कांग्रेसले सुशासन रुचाउँदैनन् : नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार

एमाले–कांग्रेसले सुशासन रुचाउँदैनन् : नारायणकाजी श्रेष्ठ

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले र नेपाली कांग्रेसलाई सुशासन मन नपर्ने टिप्पणी गरेका छन् । सुर्खेतमा आयोजित संन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले भ्रष्टाचारविरुद्धको कदम चाल्दा एमाले, कांग्रेसले सरकार नै विस्थापित गरिदिएको आरोप लगाएका हुन् । ‘सुशासन र समृद्धिका लागि ठुल्ठुला कदम चालेका थियौं तर एमाले कांग्रेसलाई सुशासन रुचेन । समृद्ध रुचेन’, आफू गृहमन्त्री हुँदाको स्मरण गर्दै उनले भने, …त्यसैले हाम्रो सरकार विस्थापन गरे । श्रेष्ठले एमाले-कांग्रेसले सुशासन नचाहेकै कारण जेनजी विद्रोह भएको दाबीसमेत गरे । उनले जेनजीलाई सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पनि बताए । उनले जतासँग गरेका सबै वाचा पूरा गर्न नसकेको भन्दै अब आत्मालोचना गरेर अघि बढ्नु पर्ने बताए । त्यसका लागि पार्टीलाई पनि बदलेर जानुपर्ने उनको भनाइ छ । ...
म र प्रचण्डजीले राम्रा काम पनि गरेका छौँ तर केही गरेनन् भन्छन् : माधव नेपाल
राजनीति, समाचार

म र प्रचण्डजीले राम्रा काम पनि गरेका छौँ तर केही गरेनन् भन्छन् : माधव नेपाल

नेपालअखबार, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गरेका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गरे । नेपालले भने- ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भन्छन् ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिस्ट सरकारकै पालामा भएको उनको दाबी छ । उनले जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने भने स्वीकार गरे । भने, ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’ सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इम...