Wednesday, November 25

समाचार

नेपाल प्रहरीका सई दार्चुलाको होटलमा मृत फेला
समाचार, समाज

नेपाल प्रहरीका सई दार्चुलाको होटलमा मृत फेला

नेपाल अखबार, दार्चुला। नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दार्चुला सदरमुकामको एक होटलमा मृत अवस्थामा फेला परेका छन् शुक्रवार विहान सई ध्रुव रावल सदरमुकाममा रहेको दुर्गाभवानी होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर सुरेन्द्र प्रसाद जोशीले बताए । होटलको लवीमा लडिरहेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत बगेको छ । दल्लेक प्रहरी चौकीबाट सरुवा भएर सई रावल ईलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाँदै थिए । ईप्रका जाने क्रममा उनी सदरमुकामको होटलमा बास बसेका हुन् । रावलको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुने इन्सपेक्टर जोशीले बताए ।...
डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह
समाचार, समाज

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

नेपाल अखबार, काठामाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ । साथै डा केसीको जीवन रक्...
पाल्पा पहिरोका तीन जनाको शव भेटियो, दुई जना अझै बेपत्ता
समाचार

पाल्पा पहिरोका तीन जनाको शव भेटियो, दुई जना अझै बेपत्ता

नेपाल अखबार, पाल्पा ।  पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् । पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ । रासस...
नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास : प्रधानमन्त्री
राजनीति, समाचार

नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास : प्रधानमन्त्री

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयमिक गरीबी मित्रसमूह सञ्जालसँगको साझेदारीमा चिली र पाकिस्तान सरकारको सहआयोजनामा ‘गरीबीको दोसाँधः श्रेष्ठतम पुनर्निर्माणका लागि नेतृत्व र बहुआयमिक गरीबी सूचकाङ्कहरुको उपयोग’ विषयमा बिहीबार भएको उच्चस्तरीय पाश्र्व बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ सम्बोधन गर्दै उहाँले कोभिडका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत् फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन बेलैमा साधनस्रोत पुनः छुट्याउन अपरिहार्य भएको बताउनुभयो । यथाशक्य चाँडो निरपेक्ष गरीबीको अन्त्य र सबै किसि...
श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा
समाचार

श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा

नेपाल अखबार, काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छ...
लगातारको वर्षाले तरकारी खेती सखाप
कृषि, प्रदेश २, समाचार

लगातारको वर्षाले तरकारी खेती सखाप

नेपाल अखबार, ,महोत्तरी।  लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो । बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । भदौ निगल्दोको वर्षा र अहिले लगातार चार  दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्लबारदेखि लगातार चोटिलो पानी पर्दै आएको छ । “तरकारीका बेला पानीले गलाएर पहे...
त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति
शिक्षा, समाचार, हाइलाइट-समाचार

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ । त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो । उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ । यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भ...
सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
प्रशासन, समाचार

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

नेपाल अखबार, स्याङ्जा। कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती य...
काठमाडौंमा कोठा खोज्न आएका दुई युवकले घरधनीको सिक्री लुटे
समाचार

काठमाडौंमा कोठा खोज्न आएका दुई युवकले घरधनीको सिक्री लुटे

नेपाल अखबार, काठमाडौं। काठमाडौंमा बिहीबार साँझ कोठा खोज्ने निहुँमा पेप्सीकोला पुगेका दुई युवकले घरधनीको सुनको सिक्री लुटेर भागेका छन्। प्ररहीका अनुसार डेरा खोज्दै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिकै घर भएकी पवित्रा बिडारी उप्रेतीको घर पुगेका दुई युवकले उनको सिक्री लुटेर भागेका हुन्। भुइँतलाका दुई कोठा मासिक १० हजार तिर्नेगरी लिने कुरा मिलिसकेपछि उनीहरूले घरमा को-को हुनुहुन्छ भनेर सोधेका थिए। त्यसपछि घरधनी उप्रेतीले दोस्रो तला भाडामा दिएको र तेस्रो तलामा छोरो बस्ने जानकारी गराएपछि उनीहरूले एक्कासि सुन, पैसा मागे र सबै नदिए राम्रो नहुने चेतावनी दिए। अनि आफूले डराएर लगाइराखेकाे १ तोलाको सिक्री दिएको पीडित महिलाले बताएकी छन्। सिक्री पाएपछि ती युवक स्कुटरमा भागेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन्।...
चीनमा किन छैन इमेलको चलन ?
प्रविधि, विश्व, समाचार

चीनमा किन छैन इमेलको चलन ?

नेपाल अखबार, एजेन्सि। म सन् २००८ मे महिनामा चीनको एक सानो इलाकाको येंगशुओमा रहेको एक नीजि अंग्रेजी स्कूलमा पढाउँथे । कोर्स समाप्त भएपछि मेरा एक विद्यार्थीले मलाई क्यूक्यू (QQ) एप डाउनलोड गर्न भने ता कि हामी एक–अर्काको सम्पर्कमा रहन सकूँ । यो एप एमएसएन मेसेन्जरले झैं काम गर्दथ्यो । मैले उनलाई फेसबुकमा मलाई फ्रेन्डलिस्टमा जोड्न भनेँ र उनको ई–मेल एड्रेस मागेँ, त्यतिबेला चीनमा फेसबुक ब्लक थिएन । केही विद्यार्थीले त इमेल एड्रेस दिए तर ती सम्झिनै गाह्रो हुन्थे किनभने ती यस्ता हुन्थे – zwpzjg59826@126  डट कम । मलाई यी इमेल एड्रेस अचम्मको लाग्यो तर त्यतिबेला यस्ता इमेल ठेगाना बनाउनु असामान्य थिएन, बेलायतमा पनि थिएन । केही वर्षपछि म चीनको राजधानी बेइजिङमा एक स्वतन्त्र पत्रकार र कपिराइटको रुपमा काम गर्न थालेँ । म सायदै कोही चिनियाँसँग इमेलमार्फत् कुरा गर्दथेँ । मलाई स्मार्टफोनमा नै चीनको मेसेजिङ ऐप ...