नेपालअखबार, काठमाडौं । सरकारले कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरेको हो ।
विधेयकको दफा ४७ मा यस प्रावधानका बारेमा लेखिएको छ । यो प्रावधानअनुरूप, संयुक्त राष्ट्रसंघका नेपालस्थित कार्यालय, त्यसअन्तर्गतका विभिन्न निकाय, अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर भियना अभिसन्धिअनुसार कर छुटको सुविधा नपाउने नेपाली नागरिक वा नेपालका बासिन्दा व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ।
यदि त्यस्ता व्यक्तिहरूले ती संस्थाबाट पारिश्रमिक वा सेवा शुल्क प्राप्त गरेका भए पनि आयकर ऐन, २०५८ अनुसार तिर्नुपर्ने आयकर नतिरेका छन् वा आय विवरण दाखिला गरेका छैनन् भने उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण पेस गर्नु पर्न...