वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेड क्षमताको आइसोलेसन
नेपाल अखबार, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई राख्ने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।
नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहनेगरि आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ ।
पर्सामा चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेना र वीरगञ्ज कारागारमा खटिएका ३ र जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटका ५ जना गरी ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले फ्रन्टलाइनमा खटिएको सुरक्षाकर्मीका लागि छुट्टै आइसोलेसन सेन्टर बनाइएको र सानो पाइलाले त्यसको सञ्चालनको जिम्मा लिएको जानकारी दिए ।
स्थानीय...
