Tuesday, September 15

समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
Uncategorized, राजनीति, समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।...
दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ घाइते
समाचार

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ घाइते

नेपाल अखबार, कैलाली । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्याएको उनले जानकारी दिए ।...
आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी
राजनीति, विचार, समाचार

आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी

नेपाल अखबार, काठमाडाैं। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए । यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’ ‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख ...
सलह किरा मार्नेलाई किलोको एक सय
समाचार

सलह किरा मार्नेलाई किलोको एक सय

नेपाल अखबार,स्याङ्जा ।भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।” साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए ।...
काठमाडौंको निर्माणाधीन घरमा युवक मृत भेटिए
समाचार

काठमाडौंको निर्माणाधीन घरमा युवक मृत भेटिए

नेपाल अखबार, काठमाडाैं। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ । स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिएका थिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे । शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार...
नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
अर्थ, कृषि, विदेश, समाचार

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै

नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् । सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु
समाचार, समाज

भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु

नेपाल अखबार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ । विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस...
कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु
समाचार

कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु

नेपाल अखबार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो ।भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।...
प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।...
सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ पुरस्कार
प्रदेश ७, समाचार

सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ पुरस्कार

नेपाल अखबार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले भने ‘यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेका छौँ ।’ मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए । ‘हामीले २० देखि ३० रुपैयाँसम्म तोक्न सिफारिस गरेका थियौं’ उनले भने, ‘मन्त्रालयले २५ रुपैयाँ दिने निर्णय गर्‍यो ।’ आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइने प्रवक्ता शर्माल...