Sunday, September 13

समाचार

तनहुँका १७ सहित गण्डकीमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८०
प्रदेश ४, समाचार

तनहुँका १७ सहित गण्डकीमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८०

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ३  जिल्लाका थप ३२ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका  २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने स्वास्थ्यकर्मी हुन  ।संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८०  पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ४३ जना पुरुष, बागलुङमा ६० जना पुरुष तथा ६ महिला , स्याङ्जाका ७२ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९७ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्य...
बागलुङमा थप १० जनामा कोरोना पुष्टि, आजै २४ जनामा संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

बागलुङमा थप १० जनामा कोरोना पुष्टि, आजै २४ जनामा संक्रमण

नेपपाल अखबार, पोखरा । बागलुङका थप १० जनामा कोरोना पुष्टि भएको छ । बागलुङका दुई नगरपालिकाका ९  जना पुरुष र १  जना महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका बागलुङ नगरपालकिका १८ देखि ५३ वर्षका ५ जना पुरुष र ढोरपाटन नगर पालिकाका ११ देखि ५३ वर्षका ४ पुरुष तथा एक ६० वर्षिया महिला रहेका छन । संक्रमितलाइ जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै बागलुङमा संक्रमण देखिनेको संख्या ६६ पुगेको छ । आजै बागलुङका  १४ जनामा कोरोना पुष्टि भएको थियो  । यसअघी संक्रमण देखिनेमा  बागलुङ गल्कोट नगरपालिकाका १९ देखि ४५ बर्ष उमेर समुहका ६ जना पुरुष, २० र ४२ बर्षीया २ महिला तथा कोठेखोला गाउँपालिकाका २० देखि २९ बर्ष उमेर समुहका ६ जना पुरुष रहेका थिए  । पछिलोपटक बागलुङका १०...
बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि
समाचार, स्वास्थ्य

बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि

नेपाल अखबार,  कैलाली । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते  भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए । बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । ‘आर्थिक अवस्था निकै कमजोर थियो,’ बडुवालले भने ‘गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौँ ।  तर, यकिन कारण अझै खुलेको छैन ।’ आत्महत्यापछि उनको शवलाई ...
सक्रिय बन्यो मनसुन, नेपालनजिकै निम्न चापीय प्रणाली
समाचार, समाज

सक्रिय बन्यो मनसुन, नेपालनजिकै निम्न चापीय प्रणाली

नेपाल अखबार,काठमाडाैं  । जुन १२ तारिख नेपाल भित्रिएको मनसुन अहिले सक्रिय बनेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनअन्तर्गत अहिले भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय प्रणाली बनेको छ। जुन नेपालनजिकै पर्छ। यसैकारण नेपालमा मौसम बदली अझ तीव्र बन्दै गएको उनको भनाइ छ। उनका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ। साथै प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का एक-दुई स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ। अहिले (शुक्रबार बिहान) पनि देशका केही स्थानमा वर्षा भइरहेको हुन सक्ने मौसमविद् प्रधानांगले बताए। काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। हिजो (बिहीबार) काठमाडौं उपत्यकामा २३ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानांगले जानकारी दिए। देशका अन्य स्थानमा भएका वर्षाको तथ्यांक भने ...
१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ
प्रशासन, समाचार

१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ

नेपालअखबार,  कैलाली।  कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस...
थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो
समाचार, स्वास्थ्य

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष  र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यस्तै काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ भने ललितपुरका संक्रमितबारे केही खुलेको छैन । अन्यत्र कति थपिए ? सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९...
पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
प्रदेश ४, समाचार, स्वास्थ्य

पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द

नेपाल अखबार, पाेखरा। पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए । पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए । ‘संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन्,’ डा. देवकोटाले अनलाइनखबरसँग भने, ‘स्वास्थ्यकर्मीकै रिपोर्ट पोजेटिभ आएपछि अहिले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका छौं ।’ अत्यावश्यक सेवा भने बन्द नरहने उनले जानकारी दिए । अस्प...
गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु
समाचार, स्वास्थ्य

गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

नेपाल अखबार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी रहेको भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । भारत...
पोखरामा ५ जनासहित गण्डकीका ४ जिल्लामा २४ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ५ जनासहित गण्डकीका ४ जिल्लामा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा थप ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ पुरुष र २ महिलासहित पोखरामा ५ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये पोखरा महानगरका ४१ र १९ वर्षका दुई पुरुष, ३० र ५६ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै, प्रदेशका ४ जिल्लामा २४ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङमा १४ नयाँ संक्रमित थपिएका छन् । गलकोट नगरपालिकामा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष । त्यसैगरी ४२ र २० वर्षीय दुई महिलामा कोरोना पुष्टि भएको छ । बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नख...
क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार

क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय

नेपाल अखबार,  काठमाडाैं। लम्कीचुहा नगरपालिका कैलाली १ को क्वारेन्टिनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेद प्रकट गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घटनालाई दुःखद भन्दै खेद प्रकट गरेका हुन्। ‘उक्त घटनामा स्वास्थ्यकर्मी समेत संलग्न रहेको र समाजका अगुवा तथा शिक्षकसमेतको संलग्नता हुनु निकै दुःखद हो’, डा. गौतमले भने, ‘यस किसिमका घटना घट्नु तथा समाजका अगुवाकै संलग्नता भएकोमा नेपाल सरकार निकै चिन्तित भएको छ।’ उनले यस्ता गलत तथा घृणित काम गर्ने व्यक्तिलाई सबै क्षेत्रबाट निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताए। घटनामा संलग्नविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको बताए।...