Friday, November 20

समाचार

पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता
समाचार

पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता

नेपाल अखबार, बझाङ  ।  बझाङको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानिय कलक बोहराले जानकारी दिए । पहिरोले पुरिएर केदार स्यँु गाउँपालिका ८ का ४२ बर्षिय राममती देवी जेठारा उनका ११ बर्षिय छोरा प्रयाग जेठारा र ७ बर्षिय छोरी अस्मीता जेठारा को शब फेलाको परेको उनको भनाइ छ । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले बताए । उनले स्थानियले ३ जनाको शव समेत फेला पारिसकेको र अन्य को खोजी कार्य जारी रहेको जानकारी दि...
नेकपाको स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

नेकपाको स्थायी कमिटी बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान  लिएका छन् । यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका नेताहरु सशंकित भएका छन्...
त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा
समाचार

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

नेपाल अखबार, चितवन ।बिहिबार त्रिशूली नदीमा खसेको गाडी  नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो रहेको खुलेको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं. २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केहीबेरपछि फोन सम्पर्कविहीन भएको थियो । खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चा...
पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराहीमा धर्ना
राजनीति, समाचार

पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराहीमा धर्ना

नेपाल अखबार, काठमाडाैं। पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनीले सामूहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए । नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उनले बताए । अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ...
क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण

नेपाल अखबार, सप्तरी।  सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए। उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए। सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु ड...
सिन्धुपाल्चोकमा पहिराले बगायो घर
समाचार

सिन्धुपाल्चोकमा पहिराले बगायो घर

नेपाल अखबार, सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ । साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ । स्थानीय प्रेम श्रेष्ठको  घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए । त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ ।  रासस...
कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।...
कोईराला जन्म जयन्तिको अवसरमा वृक्षारोपन
समाचार

कोईराला जन्म जयन्तिको अवसरमा वृक्षारोपन

इरफान अलि, वीरगंज। गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु राेपिएकाे बताए  । फाउण्डेशनले आप, लिचि,कटहल,निम लगायतका प्रजातिहरुको विरुपा रोपन गरेको हो । जी.पी कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवसिय कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेशन पर्साले आज दाश्रो दिन वीरगंजको पानीटंकी तथा ठाकुर रामबहुमुखि क्याम्पसमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ । भोली तेश्रो दिन नेपाली   पत्रकारमा उदयमान दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१००० सहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले जनाएका छन । फाउण्डेशन पर्साले आयोजना गरेको दाश्रो द...
क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री योगेश भट्टराई
राजनीति, समाचार

क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री योगेश भट्टराई

नेपाल अखबार, काठमाडाैं।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकार क्वारेन्टिन व्यवस्थापनमा चुकेको स्वीकार गरेका छन् । शुक्रबार मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गर्न नसकेको बताए । उनले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला सीमाका कारण र क्वारेन्टिन केही अब्यवस्थित भएका कारण भाइरस संक्रमण बढेको उल्लेख गरे । कोरोनाभाइरस संक्रमणका बीच विगत ३ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण काम नरोकेको उनको भनाइ छ । कामदारलाई क्वारेन्टिनमा राख्दै सुरक्षा विधि अपनाएर विमानस्थल निर्माणको काम गरेको बताउदै विकास निर्माणको मूख्य समय नै गुमाउनुपरेको मन्त्री भट्टराईले बताए । गएको ६ महिना प्रगति देखाउने समय गुमाउनुपरेक...
धनुषामा दुई दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला
समाचार

धनुषामा दुई दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

नेपाल अखबार, जनकपुर । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।...