Thursday, September 10

समाचार

हिरासतमै रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएको भन्दै कानुन व्यवसायीद्वारा विरोध
समाचार, समाज

हिरासतमै रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएको भन्दै कानुन व्यवसायीद्वारा विरोध

नेपालअखबार,काठमाडौँ।  जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन (नेबाए), मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेले विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल र निशर्त रिहाइको माग गरेका हुन्। प्रकाशित समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यता नेपालले पनि अपनाउँदै आएको विज्ञप्तिमा स्मरण गराइएको छ। समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराइनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिइने जस्ता कार्य आधुनिक समयमा पटक्कै नसुहाउने समितिले उल्लेख गरेको छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्य...
कांग्रेस इतर समूहको कार्यालय : सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा
राजनीति, समाचार

कांग्रेस इतर समूहको कार्यालय : सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। जहाँ ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको छ। उनको कार्यकक्षबाहिर र भित्र उनको चेम्बरमा सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको हो। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि आज मात्रै नेपाल आइपुगेका हुन्। उनको स्वागतका लागि इतर समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए। बाजागाजासहित उनलाई इतर समूहको कार्यालय पुर्‍याइएको हो। कांग्रेसको सभापति अहिले गगनकुमार थापा छन्। माघ १ गते कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका हुन्। उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको छ। तर फेरि तत्कालीन उपसभापति पू...
अमेरिकामा ३ जनालाई मृत्युदण्ड
विश्व, समाचार

अमेरिकामा ३ जनालाई मृत्युदण्ड

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा १६ वर्षपछि पहिलो पटक एकैदिन तीन फरक राज्यका ३ जना कैदीलाई मृत्युदण्ड दिने तयारी गरिएको छ । टेनेसी, अलाबामा र ओक्लाहोमामा बिहीबार तीन पुरुषलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने तय भएको छ । टेनेसीमा ६६ वर्षीय एन्थोनी ड्यारेल हाइन्सलाई सन् १९८५ मा मोटेलकी कर्मचारी क्याथरिन जिन जेन्किन्सको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको बताइएको छ । तीन महिनाअघि टेनेसीमै टोनी कारुथर्सलाई घातक इन्जेक्सन दिने प्रयास नसामा सुई राख्न नसकेपछि असफल भएको थियो । हाइन्सको मामिलामा पनि यस्तै समस्या आउन सक्ने भन्दै उनका वकिलहरूले मृत्युदण्ड रोक्न माग गरेका छन् । अलाबामामा ४१ वर्षीय जेरेमी विलियम्सलाई सन् २०२१ मा पाँच वर्षीया बालिका कमारी होल्यान्डको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनले आफ्ना क...
काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार, न्युयोर्क । डेमोक्रेटिक रिपब्लिक अफ काङ्गोमा फैलिरहेको इबोलाको नयाँ सङ्क्रमण इतिहासकै सबैभन्दा घातक बन्ने दिशातर्फ गइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गति कायम रहेमा यो प्रकोपले सन् २०१४-२०१६ को महामारीलाई पनि जित्ने बताएका हुन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो। यस वर्षको मे १५ मा औपचारिक घोषणा गरिएको यो प्रकोपबाट हालसम्म ४ हजार ३ सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सङ्गठनले तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने आशा राखेको छ। तर यसको अर्थ महामारी पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दरलाई घटाउनु मात्र रहेको चेतावनी पनि दिइएको छ। मे महिनामा मात्र औपचारिक घोषणा गरिए पनि य...
जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी
प्रशासन, समाचार

जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी

नेपालअखबार, काठमाडौं । जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो। परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ। 'कति वटा भन्ने खुल्न बाँकी छ। उहाँको कार्यालय, उहाँसँग सम्बन्धित र यो केससँग सम्बन्धित उपकरणहरू संकलन गरिएको हो,' एसपी थापाले सेतोपाटीसँग भने। केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए। जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता भंग गरिएको भनेर एक महिलाले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताए।...
सामाजिक सञ्जालका पोस्टबाट पैसा कमाउन खोजेको भन्दै ट्रम्पविरूद्ध मुद्दा
राजनीति, विश्व, समाचार

सामाजिक सञ्जालका पोस्टबाट पैसा कमाउन खोजेको भन्दै ट्रम्पविरूद्ध मुद्दा

नेपालअखबार, काठमाडौं । सामाजिक सञ्जालका पोस्टबाट पैसा कमाउन खोजेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध मुद्दा परेको छ। बुधबार संघीय अदालतमा उनीविरूद्ध मुद्दा दायर भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ। आफ्नो सामाजिक सञ्जाल कम्पनी ‘ट्रुथ सोसल’मार्फत सरकारी नीतिसम्बन्धी पोस्ट सार्वजनिक हुनुअघि शुल्क तिरेका ग्राहकलाई विशेष पहुँच दिएर पैसा कमाउन खोजेको आरोपमा ट्रम्प विरूद्ध मुद्दा परेको हो। उक्त मुद्दा ‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’ र समाचार संस्था ‘द इन्टरसेप्ट’ले दायर गरेको हो। अमेरिकी नीति, युद्ध, भन्सारलगायत विषयमा गर्ने पोस्टमा सबै सञ्चारमाध्यम र सर्वसाधारणलाई समान समयमा पहुँच हुनुपर्नेमा शुल्क तिरेका ग्राहकले राष्ट्रपतिको पोस्ट अरूले भन्दा अगाडि हेर्न पाउने गरी व्यवस्था गरिएको आरोप छ। त्यसरी पैसा तिरेका ग्राहकले पहिल्यै त्यस्ता पोस्ट हेर्न पाउने ग...
रास्वपा नेता यादव पक्राउ
समाचार, समाज

रास्वपा नेता यादव पक्राउ

नेपालअखबार, रौतहट । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे। प्रहरीका अनुसार उनीबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।...
भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता
दुर्घटना, समाचार

भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

नेपालअखबार,सल्यान । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो । बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलिनसकेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन् । दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूक...
गाँजा किनबेचका क्रममा विवाद हुँदा वृद्धाको हत्या, अभियुक्त पक्राउ
समाचार, समाज

गाँजा किनबेचका क्रममा विवाद हुँदा वृद्धाको हत्या, अभियुक्त पक्राउ

नेपालअखबार,लमजुङ। लमजुङमा गाँजा किनबेचका क्रममा विवाद हुँदा महिलाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार यो घटना राईनास नगरपालिका–६ फूलबारीको हो । प्रहरीका अनुसार शुक्रबार स्थानीय ७५ वर्षीया काली सार्की आफ्नै घरको कोठाको खाटमुनि घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा सोही ठाउँ घर भएका ४८ वर्षीय प्रेम अच्छामीको संलग्नता खुलेको प्रहरीले जनाएको छ । अच्छामीले गाँजा किन्ने क्रममा पैसाको विवाद हुँदा हसियाले काटेर हत्या गरेको र मृतकको कान र घाँटीमा लगएको सुनको मुन्द्रा र तिलहरी चोरी लगेको खुलेको प्रहरीले जनाएको छ ।अभियुक्त अच्छामीलाई सोमबार पक्राउ गरेर मंगलबार लमजुङ जिल्ला अदालतकाबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।...
ट्रम्पको सुरक्षा घेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि
राजनीति, विश्व, समाचार

ट्रम्पको सुरक्षा घेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको निषेधित हवाई क्षेत्रमा एउटा जहाज छिरेको घटना सार्वजनिक भएको छ।मंगलबार ओहायो राज्यको जेनेभामा ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको आकाशमा यात्रुवाहक विमान छिरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्प वा उच्चपदस्थ अधिकारीहरू भ्रमणमा रहेका बेला उनीहरूको सुरक्षाका लागि निश्चित क्षेत्रमा अस्थायी रूपमा नो-फ्लाई जोन लागू गरिन्छ। उनीहरू कार्यक्रमस्थलबाट नबाहिरिँदासम्म हवाई क्षेत्रमा उडान प्रतिबन्ध लगाइन्छ। त्यसका बाबजुद मंगलबार एउटा यात्रुवाहक जहाज प्रवेश गरेपछि अमेरिकी सेनाको लडाकू विमान नै परिचालन गरिएको भनेर टाइम्सले लेखेको छ। जेनेभामा प्याट्रियट गेम्स नाम गरिएको खेलकुद प्रतियोगितामा भइरहेको थियो। यात्रुवाहक जहाज निषेधित हवाई क्षेत्रमा प्रवेश गरेपछि अमेरिकी लडाकु विमानहरूले...