Thursday, November 26

समाचार

गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण
राजनीति, समाचार

गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको मन्त्री अर्यालको सचिवालयल जनाएको छ । जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षण गरेका हुन् । सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालल...
जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछन् : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछन् : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् । आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति   विद्यादेवी भण्डारीसँगको भेटमाप्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् । पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन् । यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरिन् । प्रधानमन्त्री कार...
आयोगले दियो १०७ दललाई चुनाव चिन्ह
राजनीति, समाचार

आयोगले दियो १०७ दललाई चुनाव चिन्ह

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो । आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् । तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।...
सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
राजनीति, समाचार

सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि

नेपालअखबार,काठमाडौं ।  सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । आफूहरूले प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिए पनि सो अनुसार काम हुन नसकेकोप्रति सभामुख घिमिरेले गुनासो गरेका हुन् । संसद्का कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुन लगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको समेत उनले बताए ।सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसद्लाई स्थापित गराउने काममा लाग्न पनि ढिलाइ गर्न नहुने बताए ।...
एकै दिन समानुपातिकतर्फ  ३३ दल दर्ता
राजनीति, समाचार

एकै दिन समानुपातिकतर्फ ३३ दल दर्ता

नेपालअखबार,काठमाडौं । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ । आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ । आइतबार पहिलो दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रण...
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
अपराध, समाचार, समाज

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

नेपालअखबार, सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ । यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम
अर्थ, समाचार

सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो । यस्तै आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ
राजनीति, समाचार

‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ

नेपालअखबार,काठमाडौं ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ओलीकुटीप्रति कटाक्ष गरेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा उक्त घर बन्न लागेको हो। आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा टिप्प्णी भइरहेको छ। मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्यंग्य गरेका हुन्। ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो,’ ठट...
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
समाचार, समाज

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ। गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्। मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको जलेर मृत्यु भएको हो भने बाँकीको मृत्यु निसास्सिएर भएको हो। प्रारम्भिक अनुस...
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै
प्रशासन, राजनीति, समाचार

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए । त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सद...