Thursday, September 10

समाचार

प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं  । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ । बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।...
रविले मलाई गुन तिर्नु छ : संयोजक प्रचण्ड
राजनीति, समाचार

रविले मलाई गुन तिर्नु छ : संयोजक प्रचण्ड

नेपालअखबार,काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए। 'रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन', प्रचण्डले भने, 'उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।' प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताए। 'तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ', प्रचण्डले हाँस्दै भने, 'फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।' विगतमा संसदम...
धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर
राजनीति, विचार, समाचार

धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् । सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् । ‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ । यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ । नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ ठाकुरले भने । सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मि...
हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन
राजनीति, विश्व, समाचार

हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन

नेपालअखबार,काठमाडौँ।  इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा चरम अभाव देखिएपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउन निर्देशन दिएको छ। अमेरिकी रक्षा उपमन्त्री स्टिभ फेनबर्गले कारखानाका प्रमुखहरूलाई पत्र पठाएरै महत्वपूर्ण हतियारको उत्पादन क्षमता विस्तार र आपूर्ति समय छोट्याउन भनेका हुन्। उनले ठोस योजना २१ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको अमेरकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ। पोस्टका अनुसार फेनबर्गले काराखानाहरूलाई हतियारहरूको आपूर्ति गर्न वर्षौं लाग्ने चक्र स्वीकार्य नभएको भन्दै  आक्रामक उत्पादन र छिटो आपूर्ति गर्ने योजना पेस गर्न भनेका हुन्। 'हामीले हाम्रा कार्यक्रमको समयतालिका छोट्याउनुपर्छ र अहिले नै उत्पादन क्षमता विस्तार गर्नुपर्छ,' उनले हतियार कारखानाहरूलाई लेखेको पत्रमा भनेका छन्। फेनबर्गले रक्षा कम्पनीहरूसँग...
चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ
राजनीति, समाचार

चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ । राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सह...
प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल
राजनीति, समाचार

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

नेपालअखबार काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो ।
अख्तियारले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान थाल्यो
प्रशासन, समाचार

अख्तियारले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान थाल्यो

नेपालअखबार,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो । ‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले नेपालअखबारसँग भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।’ आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतल...
सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
राजनीति, समाचार

सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको सचिवालयको भनाइ छ।...
१० परिवारको धानखेत बाढीबाट क्षति
समाचार, समाज

१० परिवारको धानखेत बाढीबाट क्षति

नेपालअखबार,खोटाङ । अविरल वर्षाका कारण खहरेमा आएको लेदोसहितको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बाँझोगरामा १० परिवारको खेत पुरिएको छ । दिक्तेल–जालपा–फेदी–ऐसेलुखर्क सडकखण्डअन्तर्गत जापलाको खरबारीबाट बाँझोगरामा झरेको लेदोसहितको बाढीले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको गरेको छ । अविरल वर्षापछि यही साउन २, ३, ४ र १८ गते साउने खोल्सीमा झरेको लेदोसहितको बाढीले खेतबारी पुरेको किसानले बताएका छन् । रोपाइँ सकेर गोड्ने बेलाको खेतमा लेदोसहितको बाढी झरेर गेगर र बालुवा थुपारेपछि किसान चिन्तित भएका छन् । जालपास्थित खहरे खोल्सीमा आएको बाढीले रावाखोला वीरबहादुर श्रेष्ठको ३० मुरी, रत्नकुमार श्रेष्ठको १३ मुरी, गोपाल राईको आठ मुरी, सुब्बा राईको १२ मुरी, डाकमान राईको ११ मुरी र भाइकाजी राईको १० मुरी धान फल्ने खेत बगरमा परिणत भएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिएका छन् । ...
पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार,कपिलवस्तु । कपिलवस्तुमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णनगर नगरपालिका –५ डबराका  २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए। विजयनगर गाउँपालिका – ४ जगदिशपुरबाट आइतबार बिहान २ बजेतिर उनीहरु पक्राउ परेको कँवरले बताए। उनीहरुले पेस्तोल देखाएर कृष्णनगर –८ बहादुरगन्जका स्थानीयलाई त्रास फैलाएको तथा डर धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहिया बाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कँवरले बताए। उनीहरु सवार मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार म्याद ...