Monday, October 5

समाचार

डडेलधुरामा एक प्रहरी जवान मृत फेला
समाचार, समाज

डडेलधुरामा एक प्रहरी जवान मृत फेला

नेपालअखबार,धनगढी । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन्। चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए। उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो। खोजीका क्रममा उनी मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर...
चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता
प्रशासन, समाचार, समाज

चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता

नेपालअखबार,झापा । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको व्यवस्था मिलाएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका समयमा बजारमा खाद्यान्नको अभाव तथा कालोबजारी हुन नदिन नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था मिलाइएको जानकारी दिए । “चाडपर्वका बेला बजारमा अभाव र कालोबजारी हुन नदिन सरकारी संस्थानसँग समन्वय गरेर सहुलियत दरमा दैनिक उपभोग्य ...
चीनमा एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालन
प्रविधि, विश्व, समाचार

चीनमा एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालन

नेपालअखबार, बेइजिङ । चीनले एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका नयाँ रेलमार्गहरुमा हेबेई प्रान्तको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको सिआनदेखि आनकाङ, हुबेईको यिछाङदेखि सिङसान र हेइलोङजियाङको हार्बिनदेखि यिछुन छन् । यी नयाँ रेलमार्गले चीनका विभिन्न क्षेत्रबीचको यातायात सम्पर्क थप सहज बनाउनुका साथै क्षेत्रीय आर्थिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीन विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल भएको देश हो । उत्तरी चीनमा रहेको स्युङआन–साङछिउ खण्डको मुख्य रेलमार्ग ५५२ किलोमिटर लामो छ । यो रेलमार्ग स्युङआन नयाँ क्षेत्र हुँदै हेबेई, शानडोङ र हेनानका विभिन्न शहर जोड्दै साङछिउ पुग्छ । चीन रेलवे बेइजिङ ग्रुपका अनुसार यस खण्डमा रेल सञ्चालन भएपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा समय घटेर २ घण्टा २७ म...
कर्णालीमा साउनयता १७५ विपद्‍का घटना, १० जनाको मृत्यु
समाचार, समाज

कर्णालीमा साउनयता १७५ विपद्‍का घटना, १० जनाको मृत्यु

नेपालअखबार, सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपद्का घटनाले जनधनमा क्षति पुगेको छ । प्रदेशका १० जिल्लामा साउनयता मात्रै १७५ वटा विपद्का घटना भएका छन्। ती घटनामा १० जनाको मृत्यु, ३१ जना घाइते र दुई जना बेपत्ता भएका छन्। विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन् भने २१ वटा उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरीको तथ्यांकअनुसार साउनयता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा ११८ वटा पहिरोका घटना भएका छन्। यस्तै बाढीका ४२, आगलागीका १७, अविरल वर्षाका ५४ तथा चट्याङ र हावाहुरीका सात–सात वटा घटना भएका छन्। वर्षायाममा लगातार पानी पर्दा पहाडी जिल्लाका सडक तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढेको प्रहरीले जनाएको छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुने गरेको छ। ...
बेलायतको अमेरिकी सैन्य अड्डानजिक शंकास्पद गतिविधिको आरोपमा ५ जना पक्राउ
विश्व, समाचार

बेलायतको अमेरिकी सैन्य अड्डानजिक शंकास्पद गतिविधिको आरोपमा ५ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । बेलायतस्थित अमेरिकी सैन्य अड्डामा शंकास्पद गतिविधि गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। आरएएफ फेयरफोर्ड हवाई आधार नजिकैको ह्वेलफोर्ड क्षेत्रबाट पाँच जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। अमेरिकी वायु सेनाको ५०१ औं कम्ब्याट सपोर्ट विंग र ४२० औं एयस बेस स्क्वाड्रनको मुख्यालय रहेको क्षेत्रमा आतंकवादी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। इरानविरुद्धको युद्धमा अमेरिकी बमवर्षकहरूले यही सैन्य अड्डा प्रयोग गरेका थिए। लन्डनको मेट्रोपोलिटन प्रहरीले आइतबार बिहान करिब १२:४५ बजे तीनवटा शंकास्पद ट्रक हवाई आधारतर्फ जाँदै गरेको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई प्रारम्भमा विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो। ती ट्रकहरू बेलायतको स्वामित्वमा रहेको तर अमेरिकी सेन...
मौसम खुलेसँगै घर फर्किए चामेवासी, थुनिएको मर्स्याङ्दी खोल्नुपर्ने
समाचार, समाज

मौसम खुलेसँगै घर फर्किए चामेवासी, थुनिएको मर्स्याङ्दी खोल्नुपर्ने

नेपालअखबार,मनाङ। मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी बिहान मौसम खुलेसँगै घर फर्किइरहेका छन् । आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार शनिबार चामेमाथि जंगलमा जाग्राम बसेर रात कटाएका चामेबासी सोमबार भने केही जंगलमै त केही सामुदायिक भवन र केहीले नयाँ भैरवी गणमा बसेर रात बिताएर फर्किएका छन् । ‘खोलामा बाढी आउने, मस्र्याङ्दी थुनिने हुँदा सबै चामेबासीको भागाभाग भयो । धेरै जना जंगलमा बसे, कोही ब्यारेकमा बसेर फर्र्किए, अहिले अवस्था सामान्य हुँदै छ’, गाउँपालिका अध्यक्ष घलले भने, ‘केही घर त २, ४ घ...
संघीय संसदका संसद्का दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदका संसद्का दुवै सदनको बैठक बस्दै

नेपालअखबार । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै आजको बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्...
हुम्लामा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध
समाचार, समाज

हुम्लामा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध

नेपालअखबार, हुम्ला । अविरल वर्षाले हुम्लाको सिमकोटदेखि सर्केगाडसम्मका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाले सडक भत्काएपछि सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाले सडक ठाउँठाउँमा भत्काएपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेत र नेपालगन्ज, सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउजाउ गर्ने सवारीसाधान बाटोमै अलपत्र भएको चंखेली गाउँपालिका- १ का जनक बुढाले जानकारी दिए। सर्केगाड, स्यालतडी, खरिखेत, सुनाखाडा लालिबगर, मुसेडी र याङचु बजार लगायतका ठाउँमा ठूला मालबाहक गाडीहरु र जीप रोकिएको बुढाले बताए। कर्णाली करिडोर अनन्तर्गत पर्ने कुरिल्ला खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध गरेपछि पैदल हिँडनसमेत सकश भएको बुढाले गुनासो गरे। सर्केगाडदेखि सिमकोटसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधान ठप्प छन् । गत असोज २ गते कर्णाली कोरिडोरअन्तर्गत पर्ने छारेमा चट्टानी...
पर्वतको फर्सेमा पस्यो कालीगण्डकीको बाढी, २५ घर बगे
समाचार, समाज

पर्वतको फर्सेमा पस्यो कालीगण्डकीको बाढी, २५ घर बगे

नेपालअखबार, पर्वत । पर्वतमा कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा २५ घर बगाएको छ। जलजला गाउँपालिका-८ स्थित फर्सेमा आइतबार बिहान ८ बजे कालीगण्डकी बाढी पसेको हो। बस्तीमा रहेको ८० घरमध्ये २५ वटा घर बगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। बाँकी घरहरू पनि जोखिममा छन्। बाढीले मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी प्रहरीले जनाएको छ।...