चार प्रदेशमा बिहानैदेखि वर्षा
नेपालअखबार,काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चार वटा वायुको प्रभावले आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका भूभागहरूमा वर्षा भइरहको छ।
पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा २३.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीकै लुम्लेमा १३ मिलिमिटर, इलामको जितपुरमा २० मिलिमटर, मकवानपुरको दामनमा १२.८ मिलिमिटर वर्षा मापन भएको छ।
आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ।
कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मे...










