प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ
नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्।
संसदमा नीति तथा कार्यक्रम पेस गर्न र उठेका प्रश्नसमेको जवाफ दिन नआएको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने धारणा राखेका हुन्।
शुक्रबार प्रेस विज्ञप्तिमार्फत् सांसद साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागरेका हुन्।
‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ! यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ,’ उनले भनेका छन्।
उनले राजीनामा माग्दै त्यसको चार कारण उल्लेख गरेका ...










