Tuesday, August 4

समाचार

भारतीय प्रधानमन्त्री मोदीले एक वर्ष सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरे, किन?
राजनीति, विदेश, समाचार

भारतीय प्रधानमन्त्री मोदीले एक वर्ष सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरे, किन?

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरेका छन्। आइतबार तेलंगाना भ्रमण क्रममा हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। सुनका लागि संसारकै सबभन्दा ठूलो बजार भारत हो। त्यहाँ गहनाका रूपमा ठूलो परिमाणको सुन खपत हुन्छ। त्यस्तै, भारतीय जीवनशैलीको खानपानमा तेलको प्रयोग पनि अत्यधिक हुन्छ। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले भारतीयहरूको जीवनशैलीमै असर पर्ने गरी सुन नकिन्न र तेल खपत घटाउन किन आह्वान गरे भन्ने अहिले चासोको विषय बनेको छ। यसका पछाडि पछिल्लो समय आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतमा ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा चाप पर्नु प्रमुख कारण रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मोदीले पनि यस...
रुस र ताजिकिस्तानबीचको रणनीतिक साझेदारी थप सुदृढ हुँदै, सबै क्षेत्रमा सहकार्य जारी रहने
राजनीति, विश्व, समाचार

रुस र ताजिकिस्तानबीचको रणनीतिक साझेदारी थप सुदृढ हुँदै, सबै क्षेत्रमा सहकार्य जारी रहने

नेपालअखबार,काठमाडौं । ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिक राष्ट्रपति इमोमाली रहमोनबीचको भ्रातृ सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको दाबी पनि गरे। राजदूत ग्रिगोभका अनुसार रुस र ताजिकिस्तानबीचको सम्बन्ध सन् १९९३ को मैत्री, सहयोग र आपसी सहयोग सन्धि तथा सन् १९९९ को २१औँ शताब्दीका लागि लक्षित गठबन्धन सन्धिमा आधारित रहेको छ। हाल दुई देशबीच २०० भन्दा बढी अन्तरराज्यीय, अन्तरसरकारी र अन्तरविभागीय सम्झौताहरू कार्यान्वयनमा ...
देवघाटधामको पहिचान र संस्कृति स्थानीय पाठ्यक्रममा समेटियो
प्रशासन, समाचार

देवघाटधामको पहिचान र संस्कृति स्थानीय पाठ्यक्रममा समेटियो

नेपालअखबार,तनहुँ । देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ । पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवद्र्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताए। उनले भने, “स्थान...
जंगली च्याउ खाँदा ११ जना बिरामी
समाचार, समाज

जंगली च्याउ खाँदा ११ जना बिरामी

नेपालअखबार, झापा । झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् । बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए । उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।यसैबीच, प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य स...
सांसदहरूलाई गुटबन्दी नगर्न भन्दै रविले भने– पार्टी फुट्ने कुनै सम्भावना छैन
राजनीति, समाचार

सांसदहरूलाई गुटबन्दी नगर्न भन्दै रविले भने– पार्टी फुट्ने कुनै सम्भावना छैन

नेपालअखबार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् । आइतबार पार्टी सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । उनले ‘रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने’ गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए । ‘म त यताको हो नि, म त उताको हो नि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौं न त भनेर होइन यो देशमा इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिंडेका साथीहरू हौं’ सभापति लामिछानेले भने, ‘हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिंडेका छैनौं । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जाइस नै छैन । सम्भावना नै छैन ।’ ७० वर्षअघि राजनीतिक रुप...
मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
राजनीति, समाचार

मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

नेपालअखबार, जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ । सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् । कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।...
तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण
समाचार, समाज

तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण

नेपालअखबार, बुटवल । विश्व बैंकको आर्थिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ७ किलोमिटर दूरीको आधुनिक सडक निर्माण सम्पन्न भएको छ । नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत मंगलापुर-बेबरा-कान्छीबजार सडक ५७ करोड ८२ लाख ५६ हजार २८८ रुपैयाँ लागतमा बनेको हो । सडक निर्माणका लागि ५ मार्च २०२१ मा सम्झौता भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सडकलाई तिलोत्तमाको महत्वपूर्ण शहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ । २०७१ सालमा साविकका ६ गाउँ विकास समिति मिलाएर नगरपालिका स्थापना भएपछि बनेको नगरको यो पहिलो र आधुनिक प्रविधिको सडक हो । संस्थापक नगर प्रमुख वासुदेव घिमिरेको पालामा योजना छनोट र विश्व बैंकसँग सम्झौता तथा निर्माण व्यवसायीसँग पहिलो चरणको कामको ठेक्का भएर निर्माण सुरु भएको सडक २०७९ को निर्वाचनबाट नयाँ नेतृत्व् आएपछि...
कम्युनिस्ट एकताको आधार पुन: खोज्न बाध्य भएका छौं : प्रचण्ड
राजनीति, विचार, समाचार

कम्युनिस्ट एकताको आधार पुन: खोज्न बाध्य भएका छौं : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए । ‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन,’ प्रचण्डले सम्बोधनका क्रममा भने । साथै, उनले नयाँ शिराबाट विचारात्मक, राजनीतिक, सांगठनिक हरेक दृष्टिकोणबाट ल्याउने प्रयास पनि भइरहेको सम्बोधनका क्रममा भने । ‘कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने जमर्को पनि गर्‍यौं । त्यो पक्षमा धेरै क्रान्तिकारीले अनुमोदन गरे । जनताले पनि उत्साहका साथ अनुमोदन गरेको थियो । हामी निर्वाचनमा पनि झण्डै दुईतिहाइ बहुमतको नजिकै पुगेको थियो,’ प्रचण्डले सम्झना गर...
इरान युद्धबारे पुटिनले भने- हामीलाई अफ्ठ्यारोमा पारे
राजनीति, विश्व, समाचार

इरान युद्धबारे पुटिनले भने- हामीलाई अफ्ठ्यारोमा पारे

नेपालअखबार, काठमाडौं ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण आफूहरू अफ्ठ्यारोमा परेको बताएका छन्। मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा पुटिनले इरानसँगै मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध भएकाले इरान युद्धका कारण मस्कोलाई अफ्ठ्यारो परेको बताएका हुन्। 'इरान अहिले जटिल र गम्भीर परिस्थितिमा छ। इरान र क्षेत्रका अन्य मुलुक दुवैसँग हाम्रो सम्बन्ध भएकाले रुस पनि कठिन अवस्थामा छ,' उनले भने। उनले सबै पक्ष सहमत भए मध्यपूर्वको तनाव कम गर्न रूसले भूमिका खेल्न सक्ने बताए। इरानले हतियार बनाउन मिल्नेगरी उच्च प्रशोधन गरेको युरेनियम रूसमा राख्न सकिने उनले बताएका छन्। इरानी विदेशमन्त्री अब्बास अरागची केही दिनअघि मस्को पुगेर पुटिनसँग भेटेका थिए। त्यतिबेला इरानको उच्च प्रशोधित युरेनियमबारे कुरा भएको थियो। इरानले ६० प्रतिशतसम्म प्रशोधित गरेको ४०० किलो युरेनियम अमेरिकाले...
बगरमा पसिना, राजमार्गमा बजार
समाचार, समाज

बगरमा पसिना, राजमार्गमा बजार

नेपालअखबार, काठमाडौं । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन्। सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन्। ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन्। चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्। फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन्। तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै संघर्ष र आत्मनिर्भरतासँग जोडिएको छ। कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन्। राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन्। बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक ख...